लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा २ मा बाध्यबादन समापनसंगै नक्सा शिविर र घटना दर्ता अभियान

IMG

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा संचालित महिलाहरुका लागि २५दिने बाध्यबादन तालिम तथा वडा बासीहरुका लागि घटना दर्ता र नक्सा शिविर सम्पन्न भएको छ। वडाको आयोजना तथा नगरपालिकाको संयोजनमा वडामा सो कार्यक्रम भएको वडा सचिव अनिता शर्मा ज्ञवालीले बताउनुभयो।  करिव ५० जना सहभागी रहेको सो कार्यक्रममा घर नक्सा सम्बन्धि जटिलता, सहजीकरण र सामान्य प्रक्रिया बारे नगरपालिकाका भवन तथा बस्ति बिकास शाखा (घर नक्सा शाखा) प्रमुख मनिष खनालले बताउनुभएको थियो भने।  घटना दर्ता सम्बन्धि सहजीकरण पंजीकरण शाखाका मोहन न्यौपानेले गर्नुभएको थियो। त्यसो त बाध्यबादन सम्बन्धि प्रशिक्षण रामलिला नाच घर मणिग्रामका संचालक रन्जित भण्डारी र युवराज गुरुङ गर्नुभएको थियो। 


तालिमले महिला दिदि बहिनीको अन्तर्निहित प्रतिभा प्रष्फुटन भै धार्मिक तथा रहनसहनमा बाध्यबादन खोज्ने झन्झट नहुने वडा अध्यक्ष डिल बहादुर  भट्टराईले बताउनुभयो।  सो अवसरमा बोल्दै कार्यपालिका सदस्य सावित्री पन्थी आचार्यले महिलालाली ससक्तिकरणका लागि यस्तो तालिमले सघाउ पुग्ने बताउनुभयो। कार्यक्रममा वडा सदस्य डोर बहादुर थापा लगायत महिला तथा दलित सदस्य, टोल बिकासका प्रतिनिधी, आमा समुहका प्रतिनिधि , युवा क्लबका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।सो वडामा १० गते देखि ३ दिन सम्म नक्सा शिविर चल्ने छ। बिहिबार र शुक्राबार नगरपालिका कार्यालय बाट सेवा सुचारु हुने भएकोले १० गतेपछि अब आइतबार र सोमबार गरि वडा नम्बर २ मा सेवा स्संचालन हुने छ।  

कमेन्ट गर्नुहोस्