
तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय ध्यान योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।वडा नम्बर तीनका सरोकारवालाहरुका लागी ध्यान योग प्रशिक्षण कार्यक्रम ४ गते बिहिबारदेखि १० गते बुधबार सात दिनसम्म प्रशिक्षण प्रदान गरिएको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष कल्याण पौडेलले बताउनु भयो ।
वडा अध्यक्ष पौडेलले माग अनुसारका विभिन्न किसिमका तालिमहरुको आयोजना गरिरहेको बताउनु भयो ।ध्यान योगले मानिसको शारिरिक,मानसिक,भाव र मनलाई योगको अभ्यासले जीवन सफल र स्वस्थ रहन सकिने बताउदै वडाबासीको स्वास्थ्यका लागी सहयोग होस भनेर प्रशिक्षणको आयोजना गरिएको बताउनु भयो । समापन कार्यक्रममा वडा सदस्य नारायण बहादुर क्षेत्रीले स्वागत तथा कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नुभएको थियो ।समापन कार्यक्रममा राजनीतिक दलका प्रतिनीधि टोपलाल खनाल, ध्यान योग प्रशिक्षणको प्रमुख प्रशिक्षक हरि खनाल र शारदा भण्डारीले प्रशिक्षण प्रदान गर्नु भएको वडा सचिव गोकुल गिरीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्