लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा उद्यमका लागि बेकरी तालिम शुरु

IMG

तिलोत्तमा // रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत ति.न.पा. वडा न. १३ मा बेकरी तालिम शुरु गरिएको छ। तालिममा सहभागीहरुलाई नयाँ उद्यमी सिर्जना गर्ने उदेश्यका साथ सहभागीहरुको माग बमोजिम बेकरी बनाउने सीप विकास तालिम शुरु गरिएको शाखा प्रमुख शान्त बिक ले बताउनुभयो।


ति. न. पा वडा न. १३ का वडा अध्यक्ष नारायण ढकालको अध्यक्षतामा शुरु कार्यक्रमका  सम्पर्क व्यक्ति अल्पा घिमिरेको स्वागत मन्तव्य एंव कार्यपालिका सदस्य रवि सेन्चुरीले शुभकामना मन्तव्य दिनुभएको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष नारायण ढकालले सिप सिकेर आत्मनिर्भर भै उद्यममा जोडिन आवश्यक रहेको र त्यो बिश्वास बेकरी तालिम मार्फत आफुले गरेको कुरा ब्यक्त गर्नुभयो।तालिममा करिव १७ जना सहभागी रहेका थिए।  


कमेन्ट गर्नुहोस्