लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मनै लोभ्याउने तिलोत्तमा सडकका फूल

IMG

तिलोत्तमा। सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरभित्रका सडक फूलैफूलले सजिएका छन् । सडकबिचको डिभाइडरमा थरीथरीका फूल ढकमक्क फुलेका  छन् । सडक किनारामा हरियाली उस्तै छ । बिचमा नगरको पहिचान दिलाउने बेगमवलीको सौन्दर्यले सो सडक भएर गुड्ने सवारी, यात्रु, पैदल यात्रु तथा स्थानीयलाई समेत मनमोहक बनाएको छ ।


अहिले बुटवल–नारायणगढ खण्डको धुलोका कारण सास्ती भइरहेको बेला यो सडकको सौन्दर्यले भने सबैलाइ सन्देश दिएको छ । सडकमा ढकमक्क बेगमबेलीसहितका फूलहरू फुलेपछि त्यसको सौन्दर्यले राजमार्ग सुन्दर बन्दा सडक किनारका बासिन्दा पनि खुसी देखिन्छन् ।ठाउँ–ठाउँमा बुद्धको मूर्ति फूलसँगै रहदा त्यसले अझ पनि सौन्दर्य देखिएको छ । सडकभरी बुद्धका मूर्ति राखिँदा लुम्बिनीमा बुद्ध जन्मिएका हुन भन्ने पहिचान पनि देखाएको छ ।


कमेन्ट गर्नुहोस्