लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विद्युतीय व्यवसायी संघ तिलोत्तमाद्वारा शुभकामना आदानप्रदान तथा टेबलपात्रो विमोचन

IMG

तिलोत्तमा।रुपन्देही विद्युतीय व्यवसायी संघ,तिलोत्तमा नगर समितीले नयाँ वर्ष -२०८२ सालको टेबलपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।


संघको आफ्नै सचिवालय भवन तिलोत्तमा-७ दल्कामा आयोजित नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा टेबलपात्रो विमोचन कार्यक्रममा कार्यक्रममा रुपन्देही बिद्युत व्यवसायी संघका अध्यक्ष सान्ताराज खरालले टेबलपात्रोको बिमोचन गर्नुभएको थियो । उहाँले व्यवसायीहरूको हकहितका लागि संघले निरन्तर कार्य गर्ने विश्वास व्यक्त गर्दै सबैलाई नयाँ वर्ष २०८२ को शुभकामना दिनुभयो।


हुमनाथ पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रममा रुपन्देही बिद्युतिय ब्यवसायी संघ तिलोत्तमाका पदाधिकारीहरु, बिशिष्ट अतिथि भिमलाल अधिकारी,टेबल क्यालेन्डर सँयोजक तथा संघका कोषाध्यक्ष दिपेश पान्डे,जिल्ला महासचिव एवं अतिथि बिष्णु भण्डारी,निवर्तमान अध्यक्ष चिरञ्जीवी गैरे,उपाध्यक्ष चुरामणि सुबेदि,सचिव-बसन्त भण्डारी,नगर सल्लाहकार चन्द्रकान्त भण्डारी एवम नगरका सम्पुर्ण कार्यसमितिका सम्पुर्ण सदस्यहरुको बिशेष उपस्थितिमा टेबल क्यालेन्डर बिमोचन कार्यक्रम साथै नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान गरिएको थियो। 


कमेन्ट गर्नुहोस्