
तिलोत्तमा।जागृति टोल बिकास सस्था तिलोत्तमा -२ रुपन्देहिको नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर बिमोचन एवम बालबालिका हरुको लागि लागुपदार्थ दुर्व्यसनि सम्बन्धि अभिमुखिकरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
नया बर्स २०८२ सालको सुखद अवसरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, अतिथि वाड अध्यक्ष डिल ब. भट्टराइ, वाड सदस्यहरु बिभिन्न टोल बिकास सस्थाका अध्यक्षहरु, ड्राइभरटोल प्रहरी प्रमुख केशव थापा, योगिकुटि प्रहरी प्रमुख लक्ष्मण श्रेष्ठ लगायत बिभिन्न अतिथिहरुले नयाँवर्षको शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रमका बीच नया वर्षको क्यालेन्डर पनि बिमोचन गरिएको थियो।
कार्यक्रममा जागृति टोल बासिहरुको पनि बाक्लो उपस्थिति रहेको सो बिमोचन कार्यक्रममा बिज्ञापन दाताहरुलाइ सम्मान पनि गरिएको थियो ।यस्तै ड्राइभरटोल प्रहरी प्रमुख केशव थापाले बालबालिकाहरुका लागी लागुपदार्थ दुर्व्यसन सम्बन्धि तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्नुभएको थियो। जागृति टोलले बिगत देखिनै यस्ता महत्वपुर्ण कार्यक्रम गर्दै आएको जागृति टोलका अध्यक्ष डोर बहादुर पुनले बताए। कार्यक्रम पुनको अध्यक्षता, बिर बहादुर पुनको स्वागत मन्तब्य तथा सचिव इन्द्रमणि अर्यालको संचालनमा सप्पन्न भएको सो कार्यक्रम पुर्णेश्वरी स्कुलमा आयोजना गरिएको थियो।
कमेन्ट गर्नुहोस्