लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको ‘एक वडा एक किलोमिटर सडक कालोपत्रे’ अभियान तिब्र

IMG

तिलोत्तमा ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘एक वडा एक बाटो, एक करोड एक किलोमिटर सडक,कालोपत्रे’ गर्ने योजना तिब्र पारेको छ । गाउँ-गाउँमा सहजरूपमा यातायात सुविधा पुर्‍याउने उद्देश्यले नगरपालिकाले १७ वडाका ग्रामीण सडकमा कालोपत्रे गर्ने काम सुरु गरेको हो । नगर परिषद्ले निणर्य गरी गत आर्थिक बर्षबाट संचालित अभियान अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ बाट बहुवर्षीय कार्यक्रम अन्तर्गत काम अगाडि बढाइएको हो । यसका लागि १७ वटा वडा भित्रका स साना बाटो बन्ने बजेट बाहेकपनि रु १७ करोड बजेट समेत विनियोजन गरिएको छ ।


पहिलो चरणमा १ किमि सडक कालोपत्र हुनेछ भने क्रमशः सबै वडाका सबै सडक कालोपत्रे हुँदै जाने नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिए। हरेक वडामा समयमै निर्माण सम्पन्न गर्न टेण्डर आब्हान गरी निर्माण कम्पनीलाई ठेक्का दिएर काम अगाडि बढाइएको नगरप्रमुख खाणको भनाई छ। निर्माणमा गुणस्तरीयता कायम गर्न प्रयोगशाला परीक्षण गरिएका निर्माण सामग्री प्रयोग हुने गरि अस्फ़ाल्ट प्रबिधिबाट सडक निर्माण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।


नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडामा कच्ची सडक निर्माणसँगै बाह्रै महिना सहजरूपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्र गर्ने काम गरेको हो। एक वडा एक किलोमिटर सडक कालोपत्र योजना अन्तर्गत काम तिब्र भएको र स्थानिय बासीहरुमा खुसि छाएको सडक अनुगमनका क्रममा बोल्दै तिलोत्तमा-९ का वडा अध्यक्ष ध्रुव न्यौपानेले बताए। सो अवसरमा बोल्दै आगामी जेष्ठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको वडा नम्बर६ का वडा अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य सुरेन्द्र श्री, वडा सदस्य कमल शर्मा रेग्मीले सडक निर्माणले बिकासको गति अगाडी बढाउँन मद्धत पुग्ने बताए। वडा नम्बर-९ को १ किमि सडक अन्तिम चरणमा पुगेको र सम्झौता मिति अगावै सम्पन्न हुने  निर्माण कम्पनी बिन्दबासीनी निर्माण सेवाले बताएको छ। 

कमेन्ट गर्नुहोस्