लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘वसन्त’को देशब्यापी शो १८७, बुकिङ्ग धमाधम, हलमा दबदबा

IMG

बुटवल। प्रतिक्षित फिल्म बसन्त यसकारण पनि रोजाईमा पर्यो, प्रकाश सपुत र स्वस्तिमाको जोडीलाई दर्शकले ठुलो पर्दामा हेर्न चाहेका थिए।कडा अभिनय क्रियसन भएका सपुत र परिपक्क झलक ल्याउने स्वस्तिमाको अभिनयले जो कसैको मन सुरुक्कै तान्छ। त्यसो त बसन्तको डाइलग अनि ट्रेलरले दर्शकलाई कति खेर फिल्महलमा गएर यो जोडीको सम्बाद हेरौ लागेको होला। खैर दर्शकको चाहना र इच्छ्यालाई फिल्मले अब कुराउने त पक्कै हैन २२ गतेदेखि सबै हलहलमा लाग्दैछ बसन्त। 



घरेलु बक्सअफिसमा ‘अञ्जिला’को दबदबाबीच शुक्रबारदेखि दुई नयाँ फिल्म हलमा रिलिज हुनेछन् । प्रकाश सपुत निर्देशित ‘वसन्त’ र हलिउडको ‘अ माइनक्राफ्ट मूभी’ प्रदर्शन हुनेछन् ।प्रदर्शनपूर्व हलले नयाँ २ र प्रदर्शनरत ‘अञ्जिला’, ‘सिकन्दर’, ‘स्नो ह्वाइट’, ‘आउट ल’, ‘लाज शरणम्’ र ‘होस्टेल ३’ बक्सअफिस प्रस्तुति अनुसारका शो उपलब्ध गराएका छन् । देशभर १६५ हल संचालनमा छन् ।बिहीबार दिउँसोसम्मको विवरणअनुसार शुक्रबारको लागि ‘वसन्त’ले देशब्यापी १८७ शो प्राप्त गरेको छ । सलमान खान स्टारर ‘सिकन्दर’ले १२१, ‘अञ्जिला’ले ८६ र नयाँ फिल्म ‘अ माइनक्राफ्ट मूभी’ले ४० शो पाएका छन् ।


नयाँ र चल्दै गरेका फिल्मको कारण ‘वसन्त’ले शो बाँड्नुपर्नेछ, जसको प्रभाव यसको ओपनिङमा देखिनेछ । फिल्मले पाएको शो संख्या सुखद हो । शो संख्याअनुसार ‘वसन्त’ले पहिलो दिन देशब्यापी १ करोड ग्रसको ओपनिङ गर्नुपर्ने हुन्छ ।शो संख्याभन्दा अकुपेन्सी महत्वपूर्ण हो । बिहीबार रातीसम्म फिल्मको एड्भान्स टिकट बिक्री सम्मानजनक छ। अर्कोतर्फ, ‘अञ्जिला’को लहर पनि जारी छ । मिलन चाम्स निर्देशित यो सप्ताहन्त पनि सुुखद कमाइ गर्ने निश्चित छ । यस्तोमा, यो सप्ताहन्तको बक्सअफिस पर्फमेन्स धेरै कुरामा निर्भर हुनेछ ।

कमेन्ट गर्नुहोस्