लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

होटल टुलिपमा चैत्र २२ मा युवाका ढुकढुकी गायक थानेश्वर गौतम एकल साँझ हुँदै

IMG

तिलोत्तमा।गलामा कला भएका मर्मस्पर्शी स्वरका धनी हुन् गायक तथा गजलकार थानेश्वर गौतम। उनको आलापमा मुटुको कुनामा रहेका स्पर्शहरु गुन्जिंछां र उनको गलामा पिडा र रोदन संगै गढेको माया र त्यसको छालहरु छताछुल्ल हुन्छन। उही स्वरका राजा थानेश्वर गौतमले तिलोत्तमाको ड्राइभरटोलमा रहेको होटल टुलिपमा आफ्नो एकल साँझमा दर्शक र स्रोता झुमाउदै छन्। उनका सेण्टिमेण्टल संगीतका छाल मात्रै होइन मायाको रोमान्टिक छालहरु समेत एकलसाँझमा पोखिदैछन। सर्बप्रिया गायकको एकल साँझ गर्न सबै तयारि पुरा भएको र दर्शकको माग र टिकटको लागि अपार माया प्राप्त भएको र केहि सिमित टिकट बाँकी रहेको टुलिप होटलका प्रबन्धक सौगात घिमिरेले बताएका छन्। 


होटल टुलिपले चैते दशैंको अवसरमा गरेको यो एकल साँझमा थानेश्वर गौतम संग झुम्ने कार्यक्रम त छदैछ, तथापी टुलिपले आफ्नो पहिचान दिलाउन खाजा र खानालाई सोही साँझमा पस्किदैछ। मितव्ययी मुल्यमा अपार दर्शकको माया पाएका थानेश्वरलाई स्टेजमा उतार्नु समेत टुलिपको यो अर्को सफलता हो। पछिल्लो चलचित्र एन्जिलामा समेत आफ्नो स्वरको जादु पस्केका थानेश्वरले अहिले कथा अगाडी फिल्मलाई एक्लै बोकेर हिडेका छन् भन्दा अत्युक्ती नहोला।  उनकै गीत जताजतै सामाजिक संजालमा छरिएर कुन फिल्मको गीत रहेछ भन्दै फिल्म एन्जिला हेर्न जानेको भिड यदाकदा फिल्महलमा भेट्न सकिन्छ।  तथापी थानेश्वर्का एकमात्रै हैन सयौ गीत उस्तै मर्मस्पर्शी र मनमनमा बस्ने भैसकेका छन्। 


उनका एकलसाँझमा घन्कने गीतहरुमा रात किन पर्छ हजुर, दिन किन पर्छ ....छुट्नलाई पो रैछ क्यारे सानु,तिम्रो मेरो यति धेरै माया बसेको ...‘बिर्सियौ श्रृङ्गारमा गाजल लगाइनछौ,हेत्तेरिका हतारमा गाजल लगाइनछौ’.....सिन्दुर लगाउने हौली माया चुरा लगाउने हौली,मध्यरातमा मिठामिठा कुरा लगाउने हौली .....बेचेर सपना मैले रात किनेको छु ...अतित भुल्ने दबाई .....तिम्रा यादहरु मलाई......दरम खोला फनफनी घुम्यो....सिन्की मस्यौरा......आफ्नो लागि आफु बन्न नसकेको मान्छे.....खतरा धेरै भो.........छ मसंग धेरै छ..लगायतका दर्जनौ गीतहरु थानेश्वरले पस्कने भएका छन्। यस क्षेत्रमै पहिलो पटक हुन लागेको थानेश्वर एकल साँझले गीत संगीतको क्षेत्रमा एउटा कडी छोडेर जानेमा गायक गौतम आशाबादी रहेका छन्। उनले सबै दर्शक र स्रोताहरुलाई संगै गीत गजल गाउन होटल टुलिपमा चैत्र २२ गते आउन आग्रह समेत गरेका छन।  

कमेन्ट गर्नुहोस्