
तिलोत्तमा। आधुनिक घर तथा भवन बनाउँदा नभई नहुने निर्माण सामाग्री ‘ग्रेनाइट स्ल्याब’ तिलोत्तमामै उत्पादन हुने भएको छ । शतप्रतिशत स्वदेशी लगानी सहितको ईभरशाईन ग्रेनाइट प्रालिले तिलोत्तमा-१५ स्थित पुरानो सडक रोड छेउमै उद्योग स्थापना गरी ग्रेनाइट उत्पादन गर्ने तयारी गरेको छ ।
कम्पनीको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमामा पछिल्लो पटक उद्योग संचालन गर्ने युवा उद्यमीहरु आकर्षित भएको र यस क्षेत्रमा सहज र बाताबरण मैत्री रहेकोले उद्योग स्थापना हुनु आफैमा गर्वको कुरा रहेको बताउनुभयो।देशमै उत्पादन बढाई रोजगारी र बजारीकरण गर्दै आयात रोक्न यस्ता उद्योगले पहल गर्ने नगरप्रमुख खाणले बताउनुभयो। सो अवसरमा बोल्दै कम्पनीको तर्फबाट हेमराज पौडेलले स्थानिय तह र नेपाल सरकारले सहजताका लागि प्रतिबद्धता गर्नु उद्योगिका लागि राम्रो कुरा भएको बताउनुभएको छ। उहाँले यस क्षेत्रमा ग्रेनाइ काट्ने साइज बनाउने र ढुना ल्याएर यहि उत्पादन दिंदा आयतमा निर्माण भएर आउने समानभन्दा सस्तो र सहज हुने बताउनुभयो।सो उद्घाटन कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ तिलोत्तमाका अध्यक्ष ज्ञानेन्द्र कार्कीले यस क्षेत्रमा उद्योग स्थापना भै संचालन हुनु एकदमै सुखद कुरा रहेकोले यस उद्योगका चुनौतीलाई सबैले सहज रुपमा सहयोग गरी बजारीकरण र उत्पादनमा सहयोग गर्नुपर्ने बताउनुभयो।
हालसम्म ग्रेनाइट छिमेकी देश भारतको राजस्थानबाट तयारी भै आयात हुँदै आइरहेको छ । नेपालमा भर्खरमात्र टायल उत्पादन सुरु भएको छ । ईभरशाईन ग्रेनाइट उद्योग संचालनका लागि करिव ८ करोड रुपैयाँ लगानी रहेको कम्पनीका प्रबन्धक हेमराज पौडेलले जानकारी दिनुभयो। ईभरशाईन ग्रेनाइट उद्योगबाट विभिन्न साइजको ४० हजार टन बजारमै डुल्नेगरी ग्रेनाइट उत्पादन हुने बताइएको छ । उद्योग सञ्चालनमा आउँदा ३५ देखि ४० जनाले रोजगारी पाउनेछन् । यस्तै, ५ सय केभीए क्षमताको विद्यूत लाइन अवश्यक पर्नेछ ।नेपालमा ग्रेनाइट, टायल तथा मार्बल उत्पादन गर्न चुनौती छ । कुनै पनि उद्योग चलाउन कच्चा पदार्थ नै मुख्य हुन आउँछ । नेपालमा यो उद्योगको कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने हुन्छ । उत्पादन प्रविधि पनि अत्यन्तै खर्चिलो रहेको उद्योगी बताउँछन् ।
कमेन्ट गर्नुहोस्