
तिलोत्तमा। तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको तर्फबाट सम्मिलित हुँदै ग्रहण गर्नुभएको City of Euless, Texas, the United States of America, Indreni Cultural Association, USA तथा NRNA NCC, USA द्वारा सम्मानित प्रमाणपत्र आज कार्यालयमा हाजिर भै नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरी सहित वडा अध्यक्षहरुको उपस्थितिमा हस्तान्तरण गर्नुभएको छ।
उहाँ बुद्ध सर्किट पर्यटन प्रबर्द्धनको लागी अन्तर्राष्ट्रिय सेमिनारको सन्दर्भमा (USA)अमेरिका को यात्रामा जानू भएको थियो।तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले अमेरिकामा भएको सो कार्यक्रममा तिलोत्तमा नगरपालिकाको तर्फबाट बौद्ध प्रबर्द्धन, लुम्बिनीमा पर्यटकको आकर्षण र Visit Lumbini Stay in Tilottama को बिषयमा टेक्सासमा कार्यपत्र प्रस्तुत समेत गर्नुभएको थियो।
सो कार्यक्रममा Indreni Cultural Association, USA का अध्यक्ष नेत्र प्रसाद पाण्डे र City of Euless, Texas, the United States of America का टिका पौडेलले सम्मान गरेका हुन्। सम्मान ग्रहण गर्दै नगरप्रमुख खाणले नगरपालिकाको नाम उच्च बनाउन देश बिदेशमा यसको पहिचान बनाउन सफल प्रमुख प्रशासकीय अधिकृत अर्याललाई धन्यबाद ज्ञापन गर्नुभयो। सो अवसरमा बोल्दै नगरप्रमुख खाणले यो सफलता सबै नगरबासीको सफलता भएकोले सबैमा यो खुसि बाड्न चाहेको बताए।
प्रमाणपत्र ग्रहण गर्दै उपप्रमुख जागेश्वर देवी चौधरीले देश बिदेशमा पहिचान बनाउन तिलोत्तामाले गरेको प्रयासलाई सार्थकता दिनुहुने प्रशासकीय प्रमुखप्रति आभार ब्यक्त गर्दै आगामी दिनमा नगरपालिकालाई अझ bistaarit गर्दै लैजना सहयोग गर्ने आशा ब्यक्त गरिन। सो प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा नगर प्रमुख उपप्रमुख सहित वडा अध्यक्ष गणेश पाठक, कृष्ण प्रसाद पौडेल, झविलाल भुसाल लागयाताको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्