लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

श्रवण दृष्टी बिहीनता सम्बन्धि तिलोत्तमामा अभिमुखीकरण कार्यक्रम

IMG

तिलोत्तमा।जनप्रतिनिधी एबम सरोकारवालाहरुको लागी श्रवणदृष्टी बिहीनता सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । तिलोत्तमा नगरपालिका सभाहलमा आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै श्रवण दृष्टि विहिन अभिभावक समाज रुपन्देहीका अध्यक्ष रिमा पुनले सरकारी कर्मचारी, जनप्रतिनिधि, सरोकारवाला लाइ श्रवण दृष्टि विहिन अपाङ्गता सम्बन्धी तालिम, हालको तिलोत्तमाको अवस्था, चुनौती, समस्या र समाधानको उपायबारे अन्तरक्रिया, कार्यक्रम संचालन गरिएको बताईन ।


सो अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वर देवी चौधरीले अपाङ्गता भएका व्याक्ति त्यसमा पनि दुबै आँखा नदेख्ने, दुबै कान नसुन्ने श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको अधिकारका लागि उनीहरुको सहज जिवन यापनका लागि अभिभावकहरुमा नै चेतना फैलाउन आवश्यक रहेको बताईन । उनले श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुलाई अहिले पनि घर परिवारमा घर भित्र नै सिमित गर्ने उनीहरुको अधिकार कुन्ठीत पार्ने काम भएको भन्दै जुन कार्य गलत भएको बताईन ।स्थानिय तहमा पनि आफु निर्वाचित भएर आइसकेपछि यस्ता खाले अपाङ्गता भएकाहरुलाई हरेक बजेट नीति कार्यक्रममा समेत समेटिएकोले तिलोत्तमा नगरपालिकालाई सबै वर्ग समुदाय र शारीरिक असक्षमताको हिसाबले पछिपरेकालाई अवसर र संरक्षणमा आवश्यक समन्वय गर्ने समेत बताईन। सो कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्यले अपाङ्गता भएका व्याक्तिहरु त्यसमा पनि श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको हक, अधिकार सहित समाजमा पुर्नस्थापानका लागि सञ्चार क्षेत्रले महत्पूर्ण भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।


सो अवसरमा बोल्दै समाजका केन्द्रिय अध्यक्ष शिशिर खनालले अपाङ्गता सम्बन्धी हक अधिकार तथा ऐन कानुन को सहि कार्यन्वयन का लागि स्थानीय निकायसंग पहल र पैरवी कार्यक्रम संचालन, श्रवण दृष्टि बिहिन अपाङ्गता भएका व्यक्तिको संरक्षणसंगै अवसर प्रदान गर्नु पर्ने बताए। श्रवणदृष्टिबिहिन अपाङ्गता भएका बालबालिका या युवायुवतीको परिवारलाइ गमनशिलता तालिम तथा क्षमता बिकास, संस्थागत विकास तालिमत प्रदान गर्नु पर्ने जानकारी दिदै उनले तिनीहरुको अवस्थाबारे सुक्ष्म अध्ययन गर्दै अवसर र सुरक्षा दिनु पर्ने  बताए।


सो अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरु मध्ये वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर १० का अध्यक्ष गोपाल घिमिरे, वडा नम्बर ५ का सदस्य हिरा गिरी डायमण्ड, वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल लगायतले बोल्दै श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा ल्याउन, श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुलाई नेपाल सरकारका निति तथा कार्यक्रममा समावेश गराउन र सरकारले दिंदै आएको सेवा सुविधा, परिचय पत्र प्राप्तको लागि र श्रवणदृष्टिविहिन भएका व्यक्तिहरुको सुचना तथा संचारका लागि सरकारको ध्यानाकर्षण गर्न स्थानिय तहले ठुलो भूमिका खेल्न सक्ने बताए । कार्यक्रममा श्रवणदृष्टि विहिन अपाङ्गता भएका बालबालिकाहरुका अभिभावक, जनप्रतिनिधी, कर्मचारीहरुले आ आफ्नो मनमा भएका जिज्ञासाको समाधान गरेका थिए। कार्यक्रमको संयोजन प्रेम आचार्यले गर्नुभएको थियो भने परियोजनाको प्रशिक्षक्को रुपमा सिला जिसी रहनुभएको थियो। कार्यक्रमको संचालन टिकाराम पौडेलले गर्नुभएको थियो। 


राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा १० हजार १ सय ८७ जना श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरु रहेका छन् भने लुम्बिनी प्रदेशमा १ हजार ८ सय ६९ जना रहेको तथ्यांकले बताउछ। जसमा महिला ८ सय ९७ र पुरुष ९ सय ७२ जना रहेका छन् ।यस्तै रुपन्देही जिल्लामा श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरुको संख्या २ सयस १६ जना रहेका छन् । जसमा महिला ९९ जना र पुरुष १ सय १७ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस्