
तिलोत्तमा।साहसिक र रमाइलो अनुभव खोजी गर्नेहरुका लागि रुपन्देहीमै पहिलो पटक तिलोत्तमाको बनबाटिकामा साहसिक पार्क संचालनमा आएको छ ।तिलोत्तमा नगरपालिकाको वडा नम्वर १ र २ को सिमानामा रहेको शंकर नगर बनाबिहार तथा अनुसान्धान केन्द्र बनबाटिकाको पिकनिक सेड भित्र संचालनमा ल्याइएको ‘ द थिर्ल एडभेन्चर प्रालीको लगानीमा निर्माण भएको पार्कमा जिपलाइन, स्काई साइकल, फेमिली पिङ्ग, -यापेलिङ जस्ता रोमाञ्चक र साहसिक खेलले आनन्द लिन सकिने छ ।
सो साहसिक खेल पार्कको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले भिजिट लुम्बिनी स्टे तिलोत्तमाको नारालाई सार्थक दिन पार्क टु पार्क नीति अबलम्बन गर्दै तिलोत्तमाको पार्कहरुलाई एक अर्का संग जोड्नु पर्ने बताउनुभयो।उहाँले नजिकै बन्दै गरेको भ्यु टावर वरपरका संरचना संगै हरियाली र बगानको लागि नगरपालिकाले ठुलो धनराशी खर्च गरेकोले बनाबातिका क्षेत्र र यस आसपासका पर्यटकीय क्षेत्रलाई जोड्न सके पर्यटन बिकासको खाका कोर्न सहज हुने बताउनुभयो।उद्घाटन भएको साहसिक खेलको अनुभव गर्न टाढा टाढाबाट आउने बाताबरण सृजना गर्दै निजि क्षेत्रबाट यति ठुलो लगानी हुनुमा गर्व गर्दै समन्वय र सहकार्य गर्न आफु तत्पर रहेको समेत नगरप्रमुख खाणले बताउनुभयो। दिन विताउनका लागि आवश्यक घुमफिर गर्ने स्थान तिलोत्तमा मा समेत प्रयाप्त रहेकोमा अब यो पार्क संचालनमा आए सँगै तिलोत्तमा घुम्न आउने तथा यहीका स्थानीयका लागि पनि पार्क फलदायी रहने देखिएको उहाँको भनाई छ।
करिव २ सय मिटर जग्गामा ३ करोडको लगानीमा संचालनमा ल्याइएको पार्कमा विभिन्न प्रकारका साहसिक खेलका साथै आकर्षक सजिसजावट गरिएको छ ।यहाँ जिपलाइन, स्काई साइकल, फेमिली पिङ्ग, -यापेलिङ जस्ता साहसिक खेलको अनुभव लिन सकिने छ । तिलोत्तमा र रुपन्देही बाहिर गएर यस्ता खेलको अनुभव लिनुपर्ने बाध्यता पार्क संचालनमा आएसँगै हटेको पार्कका सञ्चालक तथा निर्देशक चन्द्रकान्त पाण्डेले बताउनुभएको छ। स्थानिय युवाहरुको संयुक्त लगानीमा संचालनमा ल्याइएको यो पार्कमा साहसिक खेलका साथै रोमाञ्चक यस्ता पार्कले घुम्न आउनेका लागि समय व्यतित गर्ने ठाउँ मात्रै नभई रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउने विश्वास लिनुभयो ।उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष डील बहादुर भट्टराई, वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर क्षेत्री, वडा सदस्य मित्रलाल न्यौपाने, नारायण खत्री, गीतादेवी सापकोटा, बनाबाटिकाका अध्यक्ष बेलप्रसाद शर्मा, लेखनाथ न्यौपाने, टेक बहादुर थापा लगायतको उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्