लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

८ बर्ष देखि निरन्तर चलेको छ : तिलोत्तमाको ग्रीन एण्ड क्लिन अभियान

IMG

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डमा छनोट भएसंगै भोटिङमा विश्व मै प्रथम भएको छ। तत्कालिन नगर प्रमुख बासुदेव घिमिरे (हाल रुपन्देही क्षेत्र नम्बर ५ का सांसद ) को कार्यकालमा बि स २०७४ साल देखि निरन्तर चलेको नगर सरसफाई तथा हरियाली प्रबर्द्धन कार्यक्रम हरेक महिनाको १ र १५ गते संचालन भै आएको छ। तत्कालिन मेयर बासुदेव घिमिरेका अनुसार आफ्नो कार्यकालमा शुरु भएको यस अभियानको देशमा मात्रै होइन बिदेशमा समेत चर्चा हुँदै आएको बताए। पछिल्लो समय भोटिङ्गको आधारमा तिलोत्तमा नगरपालिका ३७ देश का १३७ स्थानिय तहमा प्रथम भए संगै खुसी ब्यक्त गर्दै उनले सबै नगरबासीको सहयोग र सहभागिताले यो अभियानले समग्र तिलोत्तमाको बिकास र समृद्धीका लागि कोशेढुङ्गा हुने बताए।


पछिल्लो समय काठमाडौँ महानगरको सार्बजनिक जग्गा र सरसफाई तथा हरियाली अभियान र धरानको ढुंगा बोक्ने र पाईप लाइन बिस्तार गर्ने अभियानको चर्चा हुनु नौलो कुरा हुदै होइन। त्यो भन्दा अघि नै तिलोत्तमाले यस्तो जनसहभागिताको अभियान चलाएर सफलता पाएको दृष्टान्त छ। त्यसो त तिलोत्तमाको चर्चा बालेंन आफैले समेत गरेका छन् र उनलाई मनपर्ने सिटीको रुपमा तिलोत्तमा स्थापित पनि छ। यसले गर्दा तिलोत्तमाको सिको गर्ने धनगढ़ी, वालिङ्ग तथा अन्य पालिकाले समेत तिलोत्तमाको भिजिट गरेका छन्।  हालसम्म १ सय भन्दा बढी पालिका र पर्यटकले तिलोत्तमाको यो अभियानका बारेमा खुलेर प्रशंसा गर्छन। 


तिलोत्तमाको यो अभियानलाई भोटिङ्गको आधारमा प्रथम बनाएकोमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले नगरबासीसंगै सबै नेपालीहरुमा आभार प्रकट गरेका छन्। त्यसो त नगरपालिकामा यो अभियानलाई निरन्तरता दिन आफुहरु सदैव लागिपरेको उपप्रमुख जगेश्वर देवी चौधरीले बताएकी छिन। नेपालभर चिनिएको तिलोत्तमालाई अब जुरीको आधारमा विश्वले समेत चिन्नेमा आफुहरु ढुक्क रहेको उनीहरु बताउछन।  


तिलोत्तमा नगरपालिका बाताबरण शाखा अधिकृत गोरखनाथ खनालका अनुसार यो अभियानमा निस्वार्थ नगर बासीहरु हरेक महिनाको १ र १५ गते जुनसुकै चाडबाड या काम भएतापनि निरन्तर खटिने गरेकोमा औधी खुसि ब्यक्त गर्दछन। नागर सरसफाई गर्ने र हरियाली प्रबर्द्धनमा आफ्नो जन्मदिनमा समेत एक बिरुवा रोप्ने प्रचलनले आफु लगायत नगरपालिकालाई समेत थप उत्साहित बनाएको उनको भनाई छ।अहिले विश्वमै आफ्नो नगरपालिका चिनिदा कर्मचारी संगै नगरबासीभएकोमा गर्व महसुस भएको खनालको भनाई छ। 


कमेन्ट गर्नुहोस्