लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका वडा सदस्य खेमराज (रामकृष्ण ) पाठकको त्रिबेणीमा अन्त्येस्टी

IMG

तिलोत्तमा।तिलोत्तमा नगरपालिका वडा नं २ का जनप्रतिनिधि तथा वडासदस्य खेमराज (रामकृष्ण ) पाठकको आज सांझ परासीको त्रिबेणीमा अन्त्येस्टि गरिएको छ। गत चैत्र १३ गते कालिकानगर चौराहामा सवारी दुर्घटना परी निधन भएका उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्ट मार्टम पछि बिदेशमा रहेका उनका छोरा गोकुल पाठक र बुहारी अनि नाती आएपछि अन्त्येस्टिका लागी लगिएको हो !


दुर्घटनामा उनको मोटरसाइकललाई ०१०३१च ५००२ नम्बरको कारले पछाडीबाट ठक्कर दिएको हो ।गाडीका चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको ईलाकाप्रहरी कार्यालयले जनाएको छ ! पाठकका एक श्रीमती , एक छोरा र दुई छोरी रहेका छन्। उनि २०७४ सालको स्थानिय तहको निर्वाचन र २०७८ सालको स्थानिय तहको निर्वाचनमा भारी मतका साथ् तिलोत्तमा नगरपालिका वडा नम्बर-२ बाट निर्वाचित भएका थिए।


उनको अन्त्येस्टिसंगै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले बिकास निर्माण र जनताको अपार माया पाएका जनप्रतिनिधि गुमाउनु परेको उल्लेख गर्दै शोक बिज्ञप्ति समेत जारि गरेका छन्। अन्त्येस्टीका बखत पुर्व मेयर तथा माननीय संसद बासुदेब घिमिरे, उपप्रमुख जागेश्वर देवी चौधरी, सबै वडाका वडा अध्यक्ष सदस्य , नगरपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधी, सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।  

कमेन्ट गर्नुहोस्