
तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डमा छनोट भएसंगै भोटिङमा विश्व मै प्रथम भएको छ। शुक्रबार सांझा ५ बजेसम्म भएको भोटिङ्गको आधारमा तिलोत्तमा नगरपालिका ३७ देश का १३७ स्थानिय तहमा प्रथम भएको हो। तिलोत्तमा नगरपालिका १७ सय ३६ सपोर्ट भोटद्वारा विश्वमै प्रथम भएको हो। त्यसो त सेनेगलको खोम्ब्लो र फिलिपिन्सको एक पालिकाले क्रमस: १२ सय ६ र ११ सय १ मत मात्र ल्याएका छन्। विभिन्न चरणमा छुट्टाछुट्टै सरोकारवालाहरुलाई भेला गर्ने , कलेजका बिद्यार्थी , स्कुलका बिद्यार्थी, टोल बिकासका प्रतिनिधी, संगै पार्क र पसलहरुमा समेत मतको अपिल गरिएको सो अभियानमा दिएको साथको नगरप्रमुख रामकृष्ण खाणले भोट गर्ने तथा शुभेछ्या प्रकट गर्ने सबैलाई धन्यबाद सहित आभार प्रकट गरेका छन्।
इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी संस्थाले आह्वान गरेको बेस्ट प्रेक्टिस ईन सिटिजन पार्टिसिपेशन अवार्डको लागि ईकोलोजिकल ट्रान्जिसन एण्ड ईन्भाईरनमेन्ट समूहमा पालिकाको ग्रिन क्लिन तिलोत्तमा क्याम्पेन छनोट भएको थियो। ४० आवेदकबीच मार्च २८ सम्म भएको अनलाइनमार्फत हुने खुला भोटिङको ५० अंक र जुरी (निर्णायक) को ५० अंकका आधारमा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ, भने तिलोत्तमा नगरपालिका भोटिंगमा सबैभन्दा उत्कृस्ट भैसकेको छ।
मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने २४औं ओआईडीपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड वितरण गरिने पालिका प्रमुख रामकृष्ण खाँणले बताए । उनका अनुसार नगरवासीको बृहत् सहभागितामा हरेक महिनाको १ गते र १५ गते नगर सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियानलाई २०७४ देखि ८ वर्षसम्म निरन्तर सञ्चालन गरेकाले तिलोत्तमा नगरपालिका यो अवार्डको फाइनलमा पुग्न सफल भएको र अहिले नगरबासीहरु संगै नेपालिहरुले आफुले गरेको काम प्रति गर्व गर्न र विश्वमै चिनाउने अवसर प्राप्त गरेको बताएका छन्।
यस अवार्ड नेपालको मात्र नभई सार्क राष्ट्रहरुमध्येबाट तिलोत्तमा मात्रै अवार्डको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएकाले अब जुरीको आधारमा बिजेता हुनेमा आफुहरु ढुक्क रहेको उपप्रमुख जगेश्वरदेवी चौधरीले अपिल गरेका बताएकी छन् । ‘विश्वभर पारिस्थितिक प्रणाली र वातारणको विषय ज्वलन्त समस्या बनेको छ, हामीले बृहत् जनसहभागितामा हरियाली प्रवर्द्धन र नगर ससरफाइमा नमुना काम गरेका छौं, यसलाई नेपालभर र विश्वभर चिनाउन, देखाउन यो अवार्डले ठूलो भूमिका खेल्ने उनले बताईन। अब जुरीको निर्णायक घोषणा कुरेको तिलोत्तमा नगरपालिकाले ०७४ देखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान आठौं वर्षमा निरन्तर चलाउँदै आएको छ ।
कमेन्ट गर्नुहोस्