
तिलोत्तमा सिटी, २०८१ चैत १२ गते । बाल्यकाल देखि नै फुटवल तर्फ मोहित पहिले तिलोत्तमा १४ टिकुलिगढ निवासि रहि हाल सुनवल नगरपालिका गैडाखाल स्थायि बसोबास गर्दै आएका जित बहादुर पुनको जिवन खेलकुदमय रहेको छ। खेल जिवन फर्केर हेर्दा उहाँले रुपन्देहिकै प्रतिष्ठित प्रतियोगिहरु झरना कप, लिस्नु कप ,तिलोत्तमा गोल्ड कप ,वुद्ध गोल्ड कप लगायत रुपक स्मृति, करुवा कप पाल्पा, राष्ट्रव्यापी खेलकुद नकआउट प्रतियोगिता चितवन, डोको गोल्ड कप, सँगै अरु पनि क्लब लगायत साविकको नरट्रफि (नेशलन) पनि खेल्नुभएको थियो । उहाँले खेल जिवनमा १५ वर्ष र प्रशिक्षकको रुपमा २० वर्ष योगदान गर्नुभएको छ। उहाँ आफ्नो समयका चर्चित डिफेन्डरको रुपमा भुमिका निभाउनुभएको थियो।
उहाँ एन्फा, ए एफ सि (सि,वि,ए ) कोचिङ लाइसेन्समा सहभागि हुनुभएको थियो ,उहाँले प्रशिक्षण गरेका सफल टिमहरुमा रेडवुल च्याम्पियन नवलपरासी (बि बाट ए समुहमा जान सफल) , यु १४ च्याम्पियन नवलपरासी , मनकामना युवा क्लव ,आठऔँ लुम्बिनि प्रदेश विजेता नवलपरासी साथै 'ए' डिभिजन खेल्न सफल तत्कालिन समयको मोफसलको एकमात्रै चर्चित क्लव कोइलापानि पोलस्टारको पनि सफल प्रशिक्षण गर्नुभएको थियो ।
उहाँले राष्ट्रिय स्तरका खेलाडिहरु पनि उत्पादन गर्नुभएको छ जस अन्तर्गत चर्चित खेलाडि सुमन अर्याल, सुलभ मास्के, टोप बहादुर राना , पुर्ण बहादुर गुरुङ (सवि) लगायत धेरै यु १३ एन्फा खेलाडिहरु छनौट गराउन सफल हुनुभएको छ। हाल उहाँ नवलपरासी जिल्ला फुटवल संघको सफल प्रशिक्षक हुनुहुन्छ। उहाँले आफ्नो प्रेरणको रुपमा टिकुलिगढ माविका खेलकुद शिक्षक स्वर्गिय नारायणसिङ बलाल थापालाइ सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ " खेलले मान्छेलाइ पैसा मात्र नभइ बाच्न सिकाउँछ साथै स्वस्थ्य,अनुशासित नागरिक उत्पादन गर्न प्रेरणा दिन्छ। "
कमेन्ट गर्नुहोस्