लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय वारिष्टा तालिम

IMG

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय वारिष्टा तालिम जारी रहेको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष कल्याण पौडेलले बताउनु भयो ।वडा अध्यक्ष पौडेलले वडामा रहेका युवा,युवतीहरुलाई लक्षित गरेर रोजगारमुलक,ब्यवसायी, आत्मनिभर गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।तालिमले होटल ब्यवसायी तथा स्वदेश विदेशमा समेत रोजगारका लागी भुमिका खेल्ने बताउनु भयो ।


वडा अध्यक्ष पौडेलले वडाबासीको  माग अनुसारका विभिन्न किसिमका तालिमहरुको आयोजना गरिरहेको बताउनु भयो ।तालिममा वडाका २५ जना युवा तथा युवतीहरुको सहभागिता रहेको बताउनु भयो ।तालिमको प्रशिक्षण प्रशिक्षक विष्णु प्रसाद न्यौपानेले दिएको वडा सचिव गोकुल गिरीले बताउनु भयो ।तालिम ८ गते शुक्रबारबाट शुरु भएको र १५ दिनसम्म रहने सचिव गिरीले बताउनु भयो ।


कमेन्ट गर्नुहोस्