
तिलोत्तमा।सहकारी संस्थाका लेखा समितिका पदाधिकारी तथा व्यवस्थापकहरुलाई लेखा व्यवस्थापन सम्बन्धि २ दिने तालिम शुरु गरिएको छ । तिलोत्तमा नगरपालिका सहकारी शाखाको आयोजनामा नगरपालिका सभाहलमा सहकारी संस्थाको लेखा प्रर्णाली चुस्त र दुरुस्त राख्नका लागि तालिम शुरु गरिएको हो । दोहोरो लेखा प्रणालीका बारेमा तालिम प्राप्त गरेपछि सहकारी संस्थामा काम गर्न सहज हुने तिलोत्तमा नगरपालिकाका सहकारी शाखा प्रमुख गणेश पौडेलले बताउनु भयो । सहकारीको पछिल्लो अवस्थामा संचालक मात्रै दोषी नहुने र कर्मचारीले समेत त्यसको भागिदारी हुनुपर्ने आवस्थालैई मध्येनजर गर्दै सहकारिलाई समस्याग्रस्त हुन नदिन र दोहोरो लेखा प्रणालीबाट सहकारीको हिसाब किताब चुस्त दुरुस्त राख्न तालिमले सहयोग गर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले सहकारीको पछिल्लो अवस्थाले आम नागरिकमा सहकारीप्रती वितृष्णा जागेको अवस्थामा त्यसलाई चिर्न पारदर्शिताका कुरालाई ब्यबस्थापक तथा संचालकहरुले सहजीकरण गर्नु पर्ने बताउनुभयो। उहाँले सहकारी डुब्दा या हिनामिना हुँदा संचालक मात्रै नफस्ने र कर्मचारीहरु समेत दोषी हुनु पर्ने हुँदा राजनीतिक आडमा, या सामाजिक आडमा सहकारीको कुनै किसिमले दुरुपयोग हुन नहुने बताउनु भयो।
लेखा के हो ? किन राख्ने ? गोश्वारा भौचर देखि डबल इन्ट्रिसम्मको हिसाब किताब मिलानको सहजिकरण संगै सहकारि संस्थाहरूकाे लागि लेखा व्यवस्थापन गरिएको सहजकर्ताद्वय सहकारी बिज्ञ गुनाखर खनाल र चन्द्रकान्त भट्टराईले बताउनु भयो । त्यो संगै तालिमका सिलसिलामा सहकारीका लागि नयाँ कोपाप सफ्टवेयरका बारेमा पनि सहजिकरण भएको उहाँले बताउनुभएको छ। तिलोत्तमाका करिव ७१ सहकारी संस्थाका व्यवस्थापकलाई तालिम प्रदान गरिएको तिलोत्तमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्यले बताउनु भयो ।
यसमा बिशेष गरेर सहकारीलाई समस्याग्रस्त हुन नदिन र त्यसका लागि नगरपालिकाको तर्फबाट गर्न सकिने सहजता र समन्वयलाई अझै प्रगाढ गराउने हेतुले सो तालिमको आयोजना गरिएको आचार्यले बताउनुभयो। तालिम तिलोत्तमा नगरपालिकाको आयोजनामा २ दिनसम्म संचालन हुने प्रशासन तथा सहकारी शाखाका नयन घिमिरेले जानकारी दिनुभयो। कार्यक्रममा कार्यपालिका सदस्य सुरेन्द्र श्री, र सुचना प्रबिधी शाखा प्रमुख इन्जिनियर सुनिल पन्थीले ओआइडिपिमा नगरपालिका छनौट भएपछीको उल्लास बाड्दै सबैलाई भोट हाल्न प्रशिक्षण समेत दिनुभएको थियो।
कमेन्ट गर्नुहोस्