लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमालाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउन मतको अपिल,एसियाबाट तिलोत्तमा छनौटमा

IMG

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डमा छनोट भएपछि पालिकाले अनलाइन भोटिङका लागि अपिल गरेको छ । शुक्रबार विभिन्न ४ चरणमा छुट्टाछुट्टै सरोकारवालाहरुलाई भेला गरि मतको अपिल गरिएको नगरका कार्यपालिका सदस्य तथा बन तथा बाताबरण समितिका संयोजक सुरेन्द्र श्रीले बताए। श्रीका अनुसार शनिबारबाट रोड अवारनेश तथा सचिव र कम्प्युटर अपरेटरहरुलाई मतको लागि अभिमुखीकरण गरिने समेत बताए। 


इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी संस्थाले आह्वान गरेको बेस्ट प्रेक्टिस ईन सिटिजन पार्टिसिपेशन अवार्डको लागि ईकोलोजिकल ट्रान्जिसन एण्ड ईन्भाईरनमेन्ट समूहमा पालिकाको ग्रिन क्लिन तिलोत्तमा क्याम्पेन छनोट भएको हो । सन् २०२५ को अवार्डका लागि आवेदन माग गरिएकोमा विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १ सय ३७ मध्ये उत्कृष्ट ४० बीच तिलोत्तमा पनि फाइनल प्रतिस्पर्धामा पर्न सफल भएको हो ।४० आवेदकबीच मार्च २८ सम्म हुने अनलाइनमार्फत हुने खुला भोटिङको ५० अंक र जुरी (निर्णायक) को ५० अंकका आधारमा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।


 मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने २४औं ओआईडीपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड वितरण गरिने पालिका प्रमुख रामकृष्ण खाँणले बताए । उनका अनुसार नगरवासीको बृहत् सहभागितामा हरेक महिनाको १ गते र १५ गते नगर सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियानलाई २०७४ देखि ८ वर्षसम्म निरन्तर सञ्चालन गरेकाले तिलोत्तमा नगरपालिका यो अवार्डको फाइनलमा पुग्न सफल भएको हो ।नेपालको मात्र नभई सार्क राष्ट्रहरुमध्येबाट तिलोत्तमा मात्रै अवार्डको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएकाले अब विजेता बनाई नेपालको नाम संसारभर थप चिनाउन विश्वभर रहेका नेपालीलाई अनलाइन भोटिङ गरिदिन नगरप्रमुख खाँण र उपप्रमुख जगेश्वरदेवी चौधरीले अपिल गरेका छन् ।


‘विश्वभर पारिस्थितिक प्रणाली र वातारणको विषय ज्वलन्त समस्या बनेको छ, हामीले बृहत् जनसहभागितामा हरियाली प्रवर्द्धन र नगर ससरफाइमा नमुना काम गरेका छौं, यसलाई नेपालभर र विश्वभर चिनाउन, देखाउन यो अवार्डले ठूलो भूमिका खेल्नेछ,’ खाँणले भने ।नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख सुनिल पन्थीले ओआईडीपीले विभिन्न पाँच विधामा अनलाइन भोटिङ गर्नुपर्ने नियम बनाएकाले एउटा मात्र विधामा भोट दिँदा रद्द हुने बताए । तिलोत्तमालाई पारिस्थितिक संक्रमण र वातावरण (इकोलोजिकलक ट्रान्जिसन एण्ड इन्भाइरन्मेन्ट) विधामा मत दिन सकिने उनले बताए ।


ओआईडीपीको वेबसाइटमै गएर इमेल खाता सिर्जना गरी मत दिन सकिने उनले बताए।तिलोत्तमा नगरपालिकाले ०७४ देखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान आठौं वर्षमा निरन्तर चलाउँदै आएको छ । अनलाइन भोट गर्न  यो लिंकमा गएर आफ्नो आइडी बनाइ भेरिफाइ जिमेल राखी कन्फरमेसन लिएर तिलोत्तमालाई सपोर्ट गर्दै अन्य विधाका ४ वटा नगरपालिकालाई समेत मत राख्नु पर्छ। 

कमेन्ट गर्नुहोस्