लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आयोजकलाई १ का बिरुद्ध ४ गोल गर्दै नवयुवा सेमिफाइनल प्रवेश : पाँचौं न्यु राईज कप

IMG

तिलोत्तमा / न्यु राईज क्लबमाथि सहज जित निकाल्दै नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल बभनीमा जारी स्व. भिम बहा्दुर खड्का स्मृति पाँचौं न्यु राईज कपको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।चैत्र ४ गते सोमबार तेस्रो क्वाटरफाइनलतर्फ न्यु राईज क्लब विरुद्ध ह्याट्रिकसहित एक्लैले चार गोल गरेका नवयुवाका सुरज थारु म्यान अफ दि म्याच बनेका छन् । न्यु राईजको तर्फबाट निखिल नेपालीले १ गोल गरेका थिए भने नवयुवाको तर्फबाट ४ गोल नै सुरज थारुले गरेका थिए।


गत फागुन २७ गतेबाट शुरु भएको सो प्रतियोगिता यहि चैत्र ९ गतेसम्म चल्नेछ। प्रतियोगितामा आयोजक सहित यसक्षेत्रका कुल १२ टोली बीच खेल हुने क्लवले जानकारी गराएको छ। प्रतियोगितामा बिजेता टिमले नगद रू ८० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन भने उपविजेताले ४५ हजार नगद सहित शिल्ड, मोडल र प्रमाणपत्र प्राप्त गर्नेछन।


यसैगरि निधागततर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद सहित पुरस्कारको ब्यवस्था गरिएको छ। खेल तिलोत्तमा-१३ स्थित बभनी भुपु सैनिक आधारभुत विद्यालयको खेल मैदानमा भैरहेको क्लबका कृष्ण खनालले बताएका छन।कुल ८ लाख खर्च अनुमान गरिएको प्रतियोगिता स्व भिम बहादुर खड्काको स्मृतिमा उहाँका श्रीमति र छोराहरूले प्रथम पुरस्कारको आयोजना गरेको प्रतियोगितामा क्लवका संरक्षक भण्डारी ब्रदर्शको सहप्रायोजन रहेको छ ।

कमेन्ट गर्नुहोस्