लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक्सन अवतारका सुशीलको कम्ब्याक : बुटवलका दर्शकले मनपराए ‘आउटलः दफा २१९’

IMG

तिलोत्तमा।सिनेमा ‘आउटलः दफा २१९’ यतिबेला सिनेमाघरहरुमा प्रदर्शन भैरहेको छ । बुटवलका हलमा पनि दर्शकको साथ् राम्रै पाइरहेको फिल्मले शुक्रबार शनिबार फुल हाउस पायो भने आइतबार सन्तोष जनक व्यापार गरेको छ। बुटवलका प्रमुख ४ हल क्युएफ़एक्स , आइएनआइ क्युबक्स, फ्रेन्ड्स सिनेमा, द्वारिका सिनेमा र भैरहवाको काशी सिने प्लेक्समा समेत राम्रो र उत्साहजनक दर्शक पाएको रिपोर्ट छ।निकै परिश्रम गरिएको देखिने फिल्ममा सुशीलले अब नेपाली चलचित्रमा फेरी उनको कम्ब्याक भएको झल्काउछ।


त्यहि क्रममा आफ्नो भाइरल भएको रिलका बारेमा उनले लेखेका छन्–‘हाम्रो सपना थियो, संवेदनशील विषयलाई उठाएर नेपाली एक्सन सिनेमालाई नयाँ उचाइमा पुर्याउने ।’सुशीलले सिनेमा नहेरेका दर्शकलाई हेरेका दर्शकले सामाजिक संजालमा प्रतिक्रिया बाँड्न पनि आग्रह गरेका छन् ।विहिबारबाट रिलिजमा आएको यो सिनेमाले दर्शकको राम्रो साथ पाइरहेको छ । सिनाको एक्सन, कथावस्तु र मेकिङलाई दर्शकले रुचाएका छन् । सिनेमाले न्यायको पक्षमा आवाज उठाएको छ । जसलाई दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । विक्की महर्जनको निर्देशनमा तयार भएको सिनेमामा अमित अग्रहरिको लगानी छ ।नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो फिल्मको मेकिङ र एक्सनको चौतर्फी तारिफ भइरहेको छ । फिल्म हेरेर हलबाट निस्किएका दर्शकले पनि यो फिल्मको मेकिङ र एक्सनलाई दर्शकले हलिउड र बलिउडका थुप्रै फिल्मसँग तुलना गरिरहेका छन् ।


४ वर्षपछि नायक सुशील श्रेष्ठ फिल्ममा फर्किएका थिए । सुशीलको कमब्याक कस्तो होला भन्ने उत्सुकता धेरैको मनमा थियो । तर, सुशीलले यतिबेला सबैको तारिफ बटुलिरहेका छन् । सामाजिक संजालमा पनि फिल्म हेरेर फर्किएका दर्शक, फिल्मीकर्मी र पत्रकारहरूले सुशीलको काम र मिहिनेतको तारिफ गरिरहेका छन् ।फिल्म ‘आउटलः दफा २१९’को क्लाइमेक्सको चेजिङको दृश्यले धेरैको ध्यान खिचेको छ । नेपालमा यस्तो खिचाई र दृश्य यसअघि नहेरेको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् । हलमा पुगेका सुशीललाई दर्शकहरुले उत्साहजनक रुपमा साथ दिएपछि उनी पनि अब निरन्तर काम गर्ने बताउँछन् । आफूहरूले गरेको मिहिनेतको प्रतिफल पाएको सुशील बताउँछन् ।  


कमेन्ट गर्नुहोस्