
तिलोत्तमा।नवज्योति ईङ्लिश बोर्डिङ तिलोत्तमा-८, चार नम्बरको सम्पन्न साधारणसभाले झबिन्द्र प्रसाद कंडेल लाई अध्यक्ष चयन गरेको छ । गत पुस २७ को सम्पन्न साधारणसभाले झबिन्द्र प्रसाद कंडेल, राम बहादुर भण्डारी तथा लक्ष्मण ज्ञवाली सहित तिन सदस्यीय संचालकहरु बीच निर्वाचन भएको थियो। सो प्रक्रिया पश्चात बसेको संचालकहरुको बैठकद्वारा झबिन्द्र प्रसाद कंडेल (जेपी कंडेल) लाई बिद्यालयको संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
संचालक समितिको अध्यक्ष पदमा निर्बाचित भएसगै अध्यक्ष कडेंलले बिद्याालयको शैक्षिक, भौतिक तथा स्कुलको समग्र विकासको बिषयमा मिलेर काम गर्ने बताउनु भएको छ । उहाले अब बिद्यालयमा हिजो देखीको बिवाद सधैका लागी समाधान भएको समेत बताउनुभयो। बिद्यालयमा को अध्यक्ष बन्ने भन्ने कुराले बिबाद भएको थियो भने यस अघिको साधारण सभामा समेत सो बिषयमा संचालक समिति मार्फत नै मौन बिरोध समेत भएको थियो।तिलोत्तमाको ग्रामिण क्षेत्रमा स्थापना भएको नव ज्योति स्कुल त्यस क्षेत्रको पुरानो र स्तरिय स्कुल हो।
कमेन्ट गर्नुहोस्