
तिलोत्तमा।न्यु राईज युथ क्लब, तिलोत्तमा–१३ बभनीको आयोजनामा जारी स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कपमा शनिबार २ खेल सम्पन्न भएको छ। पहिलो खेलमा बिगबुद्ध एफसी सुनवलले नव टिकुलिगढ एफसी टिकुलिगढलाई शुन्यमा हराउदै २ गोलले पछाडी पारेको छ भने शनिबार भएको अर्को खेलमा समपुर्ण एफसी लाई ० का बिरुद्ध ३ गोल गर्दै इलाइट एकेडेमी कुञ्जलापुर बिजयी भएको छ। निकै रोमान्चक बनेको दुवै खेलमा पराजित टिम समपुर्ण एफसी र नव टिकुलिगढ प्रतियोगीताबाट बाहिरिएका छन्।पहिलो क्वाटरफाइनलतर्फ नव टिकुलीगढ युवा क्लब विरुद्ध आफ्नो टोलीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका र एक गोल समेत गरेका बिग बुद्ध एफसीका सुलभ लामा म्यान अफ दि म्याच चुनिएका छन् ।युवा खेलाडीहरुले भरिएको नव टिकुलीगढ युवा क्लबलाई हराउँदै बिग बुद्ध फुटबल क्लब जारी स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।शनिबारको पहिलो खेलमा समपुर्ण विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै एक गोल समेत गरेका इलिट एकेडेमीका सुन्दर बगाले म्यान अफ दि म्याच बनेका छन् ।
यही फागुन २७ गतेबाट चैत्र ९ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक सहित यसक्षेत्रका कुल १२ टोली बीच खेल हुने क्लवले जानकारी गराएको छ। प्रतियोगितामा बिजेता टिमले नगद रू ८० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन भने उपविजेताले ४५ हजार नगद सहित शिल्ड, मोडल र प्रमाणपत्र प्राप्त गर्नेछन। यसैगरि निधागततर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद सहित पुरस्कारको ब्यवस्था गरिएको छ। खेल तिलोत्तमा १३ स्थित बभनी भुपु सैनिक आधारभुत विद्यालयको खेल मैदानमा भैरहेको क्लबका कृष्ण खनालले बताएका छन।कुल ८ लाख खर्च अनुमान गरिएको प्रतियोगिता स्व भिम बहादुर खड्काको स्मृतिमा उहाँका श्रीमति र छोराहरूले प्रथम पुरस्कारको आयोजना गरेको प्रतियोगितामा क्लवका संरक्षक भण्डारी ब्रदर्शको सहप्रायोजन रहेको छ ।
कमेन्ट गर्नुहोस्