
तिनाउ नदिको किनारमा बालुवा डम्पिङ्ग गर्ने गिरोहलाई भेट्न नसकेपनी बालुवा भने भेटिएको छ। केहि दिन अगाडीबाट चोरेको खबर आइरहदा हाम्रो टोलिले समेत देखेको र प्रहरीलाई खबर गर्दा समेत खासै चासो नराखेको बखत सोही बालुवा नगर प्रहरी तिलोत्तमाले भेट्टाएको छ। कति चोरे ? कति लगे ? त्यसको लेखाजोखा त छैन, तर लैजान नसकेर हो या लैजाँदा-लैजाँदै हो... या अब पुग्यो....भनेर छोडेर गएर हो... त्यसपछिको डम्पिङ्ग गरेको बालुवा नगरपालिकाका वडा अध्यक्ष सहितको नगर प्रहरी टोलिले फेला पारेको छ।
तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिमपहुनी स्थित तिनाउ नदीबाट रातको समयमा अवैध नदिजन्य पदार्थ चोरी निकासी गरी डम्पिङ गरेको अवस्थामा ६२ सय घनफुट अवैध नदिजन्य पदार्थ ( बालुवा ) फेला परेको हो। अहिले सो बालुवा वडा अध्यक्ष गणेश पाठक, बाँसघारी टोल बिकासका अध्यक्ष, नेपाल प्रहरी र नगर प्रहरीहरूको उपस्थितीमा सो बालुवा जफत गरी तिलोत्तमा नगरपालिकाको कार्यालय परिसरमा ल्याई राखिएको छ। त्यसो त केहि दिन अगाडी बालुवा चोरीराखेको अवस्थामा ट्याक्टर समातेर ल्याइएको भएपनी हालसम्म जरिवानाको डरले सो ट्याक्टर लिन समेत आएका छैनन।
कमेन्ट गर्नुहोस्