लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-३ मा महिलाहरुका लागि बाद्यबादन (मादल बजाउने) तालिम सम्पन्न

IMG

 तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनको आयोजनामा वडा स्तरीय महिलाहरुका लागि  बाद्यबादन  (मादल ) बजाउने तालिम सम्पन्न भएको छ।फाल्गुन १ गतेदेखि शुरु भएको तालिम फाल्गुन २८ गते सम्पन्न भएको हो ।तालिमको समापन कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नम्बर तीनका  वडा अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको थियो ।


समापन कार्यक्रममा  बोल्दै अध्यक्ष पौडेलले सहभागी दिदीबहिनीहरुले तालिमबाट प्राप्त सिपलाई व्यबहारमा लागु गर्दै आत्मनिर्भर र व्यावसायिक बनाउने,उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो ।टोल, वडा,समाजलाई कलाको माध्यमबाट व्यवसाहिक तथा कलासंस्कृतिको जगेर्नाका लागि समेत भुमिका खेल्ने बताउनु भयो ।कार्यक्रममा वडा सदस्य नारायण क्षेत्री ,राजनैतिक दलका प्रतिनिधि टोपलाल खनाल , देवीका ज्ञवाली , भगवती  अर्याल , राजु प्रसाद उपाध्याय लगायतले बोल्दै तालिमबाट प्राप्त ज्ञान,सिपलाई व्यबहारिकतामा उतार्दै उपलब्धिमुलक बनाउन र सामाजिक ,सांस्कृतिक बिकासमा अगाडि बढाउदै  उद्देश्यलाई पुरा गराउन  तालिममा सहभागीहरुलाई सुझाव दिए ।


तालिमबाट हासिल गरेको  ज्ञान र सीपलाई प्रयोग गर्न र प्रमाणपत्रलाई भित्तामा मात्र झुन्डाएर नराख्न र तालिमको उद्देश्यलाई पुरा गराउन समेत आग्रह गरे ।कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नुभएको थियो भने तालिमको प्रशिक्षण विष्णु प्रसाद कंडेलले प्रदान गर्नु भएको थियो ।तालिममा १२ वटा टोल विकास संजालबाट प्रत्येक टोलबाट तीन तीन जनाको दरले ३६ जना महिलाहरुको सहभागीता रहेको र तालिम फागुन १ गतेदेखि २८ गतेसम्म संचालन भएको  वडा सचिव गिरीले जानकारी दिनुभयो ।


कमेन्ट गर्नुहोस्