लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दुर्गानगरद्वारा शिवपुर एफसी पराजित, आजको खेल ठुटिपिपल भर्सेस दल्का :पाँचौं न्यु राईज कप बभनी

IMG

तिलोत्तमा।न्यु राईज युथ क्लब, तिलोत्तमा–१३ बभनीको आयोजनामा मंगलबारदेखि शुरु स्व. भिम बहादुर खड्का स्मृति  पाँचौं न्यु राईज कपमा दुर्गानगर एफसीले  शिवपुर एफसीलाई शुन्यमा हराउदै विजयी शुरुवात गरेको छ ।बुधबार सम्पन्न खेलमा दुर्गानगर एफसीद्वारा शिवपुर एफसी लाई १–० ले पराजित गरेको हो। निकै रोमान्चक बनेको सो खेलमा दुर्गानगर एफसीका रोहन केसी म्यान अफ दि म्याच घोषित भए । आजको खेल नवयुवा खेलकुद तथा संस्कृतिक परिवार ठुटिपिपल भर्सेस दलका एफ सी तिलोत्तमा-७ बीच हुने आयोजकले बताएको छ। 


यही फागुन २७ गतेबाट चैत्र ९ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक सहित यसक्षेत्रका कुल १२ टोली बीच खेल हुने क्लवले जानकारी गराएको छ। प्रतियोगितामा बिजेता टिमले नगद रू ८० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन भने उपविजेताले ४५ हजार नगद सहित शिल्ड, मोडल र प्रमाणपत्र प्राप्त गर्नेछन। यसैगरि निधागततर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद सहित पुरस्कारको ब्यवस्था गरिएको छ।


खेल तिलोत्तमा १३ स्थित बभनी भुपु सैनिक आधारभुत विद्यालयको खेल मैदानमा भैरहेको क्लबका कृष्ण खनालले बताएका छन।कुल ८ लाख खर्च अनुमान गरिएको प्रतियोगिता स्व भिम बहादुर खड्काको स्मृतिमा उहाँका श्रीमति र छोराहरूले प्रथम पुरस्कारको आयोजना गरेको प्रतियोगितामा क्लवका संरक्षक भण्डारी ब्रदर्शको सहप्रायोजन रहेको छ ।


कमेन्ट गर्नुहोस्