लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको मणिग्राम क्षेत्रमा हरेक दिन जसो दुर्घटना गयराति स्कुटर पल्टिदा एक १ जनाको मृत्यु १ जना घाइते

IMG

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटनाको ग्राफ ह्वात्तै बढेको देखिन्छ । विशेषगरि रातको समयमा हुने कतिपय दुर्घटनाका खबरबाट स्थानिय नै जानकार नहुने र दुर्घटनामा परेकाहरुले समय मै उपचार पाउन कठिन हुने सम्मका अवस्था पनि आउन थालेको छ । मुख्य हाइवेसँगसँगै भित्रि सडकमा समेत हरेक दिनजसो दुर्घटना हुने गरेका छन ।


तथापी सबै दुर्घटनाका खबर प्रहरीकोमा पुग्छन नै भन्ने पनि छैन । आज साँझ पनि मणिग्रामचोकमा बाटो काटी पश्चिमतर्फ जाँदै गरेको जेसिबी र कार ठोक्किदा कार क्षतिग्रस्त भएको स्थानिय प्रत्यक्षदर्शीले जानकारी दिएका छन । दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि कारमा भने क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । यसैगरि गयराति नै तिलोत्तमा ५ मणिग्राम मै बुटवलबाट भैरहवातर्फ जादै गरेको लु ५८ प २८३७ नम्बरको स्कुटर पल्टिदा १ जनाको उपचारका क्रममा आज बिहान दुखद निधन भएको छ भने पछाडी सवार अर्का एक जना घाइते भएका छन ।


दुर्घटनामा परि स्कुटर चालक रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा न ६ किशोरपुर बस्ने २३ बर्षिय युवक राहुल क्षेत्री गँभीर घाइते भई उपचारर्थ मेडिकल कलेज भैरहवा भर्ना गरिएकोमा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । यसैगरि दुर्घटनामा परि घाइते पछाडी सवार सिद्धार्थनगर नगरपालिका वडा न ३ मेडिकल कलेज बस्ने २४ बर्षिय युवति नेहा थापाको अवस्था मध्यम रहेको र खुठ्ठामा चोट लागेका उनको अहिले पनि उपचार भैरहेको ईप्रका मँगलापुरले जनाएको छ ।


यसैगरि आइतबार राती पनि बुटवल भैरहवा सडकखण्डको मणिग्रामस्थित मुख्य हाइवेमा एकै दिशामा हिडिरहेको कारलाई  टिप्परले ठक्कर दिंदा कार क्षतिग्रस्त भएको थियो । सो दुर्घटनामा मानवीय क्षति नभएपनि कार भने पुर्णरुपमा क्षतिग्रस्त भएको थियो । 

कमेन्ट गर्नुहोस्