
तिलोत्तमा सिटी, २०८१ फागुन २४ गते । तिलोत्तमा १४ टिकुलिगढ मा.वि को खेलमैदानमा आज सुनौलो लालिगुराँस आमा समुहको आयोजनामा ११५ औँ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । उक्त कार्यक्रममा तिलोत्तमा वडा नं १४ का ११ आमा समुहहरुका प्रतिनिधिहरुको प्रमुख सहभागिता रहेको थियो । कार्यक्रमहरु अन्तर्गत र्याली, शुभकामना आदान प्रदान, सास्कृतिक नृत्य, घैटो फोेर , बोलुन फोड , सियो धागो कार्यक्रम साथै प्रतियोगिता विजेतालाइ पुरस्कार प्रदान पनि गरिएको आमा समुहकी अध्यक्ष रामसोभा पुनले बताउनुभयो , कार्यक्रमले महिलाहरुमा आत्मविश्वास वुद्धि साथै आफ्ना हक अधिकारहरुको बारेमा जानकार रहन मद्दत गर्ने कुरामा जोड दिनुभयो भने कार्यक्रम सञ्चालक शान्ति पुनले गर्नुभएको थियो।
महिलाहरु घरायसी कामहरुमा मात्र सिमित नभइ विभिन्न क्षेत्रहरुमा अग्रसर रहन कार्यक्रमका प्रमुख अतिथी तथा तिलोत्तमा वडा नं १४ का अध्यक्ष अश्विन पौडेलले जानकारी दिनुभयो साथै महिलाहरुले अवसर प्राप्त गरे पुरुष बराबर कार्यदक्षता देखाउन सक्ने कुरा स्पष्ट पार्नुभयो। आमा समुहहरुको समाजमा महत्वपुर्ण भुमिका रहेको साथै महिलाहरु आफ्ना हक अधिकारको लागि आफु पनि अग्रसर रहनु पर्ने कार्यक्रमका विशिष्ट अतिथि एवम तिलोत्तमा नगरपलीका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताउनुभयो। महिलाहरुको शैक्षिक, आर्थिक एमव समग्र पक्षको विकासका हेतुले तिलोत्तमा नगपालिका आगामि समयमा लैङ्गिक मैत्रि तथा महिला मैत्रि नगरपालिका घोषणा गर्न कार्य सुरुवात गरेको जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न आमासमुहका पदाधिकारिहरु, पुर्व वडा अध्यक्ष सोहोन प्रसाद थारु, मगर संघका अध्यक्ष बल बहादुर राना मगर, चिल्हिया चौकी इन्चार्ज बसन्त सिह ठकुरी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम नव टिकुलिगढ युवा क्लवसंगको सहकार्यमा गरिएको नव टिकुलिगढ युवा क्लवका प्रतिनिधि दिपक श्रिषले बताउनुभयो।
कमेन्ट गर्नुहोस्