
तिलोत्तमा। होली पर्वको अवसर पारेर गायक रुद्रसेन विश्वकर्माले नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते सार्वजनिक यो गीतमा गायक तथा संगीतकार रुद्रसेनकै शब्द र संगीत रहेको छ भने गायिका समीक्षा अधिकारीले उनलाई स्वरमा साथ दिएकी छन् ।गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेनको शानदार अभिनय तथा नृत्य समेटिएको छ ।
ओम प्रसाईको छायांकनमा तयार गरिएको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन् ।गायक रुद्रसेनले ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा भने, "आर्यन सिग्देलले पहिलो पटक होली गीतमा अभिनय गरेका छन् । उनको अभिनयले यो गीतलाई झन् आकर्षक बनाएको छ।"गीत युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न सकिन्छ।
कमेन्ट गर्नुहोस्