
तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित टिकुलिगढ वडा नम्बर १४ को नवनिर्मित भवन शुक्रबार उद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले सो भवनको उद्घाटन गर्नुभएको छ।अपांगता तथा बालमैत्री संरचनामा बनाइएको आधुनिक भवनमा तल पार्किङ्ग सहित २ तलामा हल सहित ८ वटा कोठा छन् । यो भवनसंगै नगरपालिकाले पुराना वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने चरणको शुरुवात गरी आफ्नै भवनमा सेवा सुचारु गर्न सफल भएको छ । लामो समय देखि पुरानो गाबिस भवनमा सेवा प्रबाह गर्दै आएको बताउदै वडा अध्यक्ष आश्विन पौडेलले वडाको आफ्नै भवन निर्माणपछि वडा नम्बर १४ का स्थानीय र नगरबासीले लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो। तिलोत्तमाको वडा नम्बर १४ का वडाध्यक्ष पौडेलले छिटो छरितो रुपमा भवन निर्माण सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिनुभयो।
कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिका वडागत रुपमा दरिलो भैसकेको र सेवा ग्राहीहरुलाई छिटो छरितो सेवा प्रबाहका लागि वडा देखि नगरसम्म सबै भौतिक निर्माण तथा सेवा प्रबाह बिस्तार गर्न आग्रह गर्नुभयो। उहाले भौतिक संगै मानबिय विकासले नगरलाई सेवा प्रवाहमा चुस्त बनाउदै लगेको सबै नगर बासिहरुमा अबगत समेत गराउनुभयो। उहाँले सहज छिटो छरितो र प्रभाबकारी सेवाका लागी नगरपालिका संगै वडा कार्यालयहरु समेत लागिपरेको बताउदै सेवामा कुनैपनि कन्जुस्याई नगर्न जनप्रतिनिधि तथा कर्मचारीहरुमा आग्रह गर्नुभयो।
सो कार्यक्रममा नगरपालिकाका वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल, कार्यपालिका सदस्य रवी सेन्चुरी, समाजसेवी प्रेम खरेल, राजेन्द्र गुरुङ, लगायतले बोल्दै छोटो समयमै भवन निर्माण सम्पन्न भएको प्रति खुसी ब्यक्त गरे। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु , वडा सदस्यहरु , कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दल तथा युवा क्लब, आमा समूह, टोल बिकाश सस्थाका पदाधिकारी तथा प्रतिनिधि र स्थानिय वडा बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो उद्घाटन समारोहमा जग्गा प्रदान गर्ने तथा सहजीकरण गर्ने ६ जनालाई सम्मान समेत गरिएको थियो।कार्यक्रमको सन्चालन वडा सचिव तेजेन्द्र बस्नेतले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्