लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हराउदै गएको संस्कृतिको तिलोत्तमामा जगेर्ना:शित्तल चौपारीमा वरपिपलको विवाह एवं मौलो पुजन

IMG

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-२ रानीबास पथ देखि पुर्व शित्तल चौपारीको वाजागाजा सहित वरपिपलको विवाह एवं मौलो पुजन सहित अन्य धार्मिक कार्यक्रम सम्पन्न भएको छ। शित्तल चौपारी ब्यबस्थापन समितिका अध्यक्ष क्याप्टेन नर बहादुर कार्कीको अध्यक्षता तथा तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। 


सो अवसरमा बोल्दै  तिलोत्तमा नगरप्रमुख खाणले पहिलेको समयमा जस्तै अहिले यदाकदा पिपल चौतारी र यस्ता खाले छहारी नभेटिने बताउदै यस्तो धार्मिक ऎतिहासिक एबम सांस्कृतिक धरोहर र मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने खालको सामाजिक कार्यमा अग्रसर भएकोमा शित्तल चौपारी ब्यबस्थापन समिति प्रति हार्दिक आभार ब्यक्त गरेका थिए। समाजलाई एकीकृत गर्न सफल यस्ता सामाजिक क्रियाकलापले बिकास निर्माण र मानबिय बिकासमा समेत जोड दिने हुँदा तिलोत्तमा-२ मा रहेको बिकासको शृंखलालाई नगरपालिकाले सधै साथ् दिईरहेको बताउनुभयो। 


सो अवसरमा बोल्दै शित्तल चौपारी ब्यबस्थापन समितिका अध्यक्ष क्याप्टेन नर बहादुर कार्कीले सबैको सहयोगमा यस क्षेत्रमा धार्मिक तथा संस्कृतिक  सम्पदाको निर्माण गरिएको बताउनुभयो।  सहयोगी सबैलाई धन्यबाद दिंदै अध्यक्ष कार्कीले अझै निर्माणको शिलशिला बाँकी भएकाले समाज जुट्ने अभियानमा सबै सहभागी हुन आग्रह समेत गर्नुभयो।कार्यक्रममा १६ /३६ सिंचाई प्रणालीका दधिराम गौतम, तिलोत्तमा वडा नम्बर-२ का अध्यक्ष डिल बहादुर भट्टराई, शंकर सामुदायिक बनका अध्यक्ष, जागृति युवा क्लबका अध्यक्ष तथा शित्तल चौपारी व्यवस्थापन समितिका सचिव बिदुर केसीले धार्मिक सांस्कृतिक एबम सामाजिक कार्यको प्रशंसा गर्दै सो अवसरमा आ आफ्नो बिचार प्रस्तुत गरेका थिए।सयौको संख्यामा स्थानिय उपस्थित भएको सो कार्यक्रममा झाँकी सहित बाजागाजा, बरपिपल बिबाह उत्सव , मौलो पुजा, रुद्री, लाखबत्ती/लक्ष्यवर्ती, हवनसमेत गरिएको थियो। 

कमेन्ट गर्नुहोस्