
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-१ नयाँमिल जनसेवा चोकमा कार र मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । आज बिहानै भएको दुर्घटनामा मोटरसाइकलमा सवार शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका वडा न ३ घर भई हाल बुटवल ३ ट्राफिकचोक बस्दै आएका १९ बर्षिय रोशन परियार रहेको राजमार्ग सुरक्षा ट्राफिक सुरक्षा कार्यालय बुटवलले जनाएको छ । तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत परियारको उपचारका क्रममा मृत्यु भएको राजमार्ग सुरक्षा ट्राफिक सुरक्षा कार्यालय बुटवलका सूचना अधिकारी डिएसपी मधुसुदन न्यौपानेले बताए ।
कमेन्ट गर्नुहोस्