
तिलोत्तमा।स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भने मुल नारासहित तिलोत्तमा डोजाङको २०८१ पांचौ संस्करण खुला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। यस क्षेत्रमै स्तरिय मानिएको सो खेल शनिबार सम्पन्न भएको तिलोत्तमा डोजाङ एकेडमिका अध्यक्ष ओम गुरुङले जानकारी गराउनु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा वडा नम्बर ४ तिलोत्तामाका अध्यक्ष हरि बहादुर क्षेत्री, विशिष्ट अतिथिमा रुपन्देहि तेक्वान्दो कार्य समिती अध्यक्ष दिपेन्द्र बुढा प्रीतिको सहभागिता रहेको थियो। डोजाङ र स्कुल २० टिमको सहभागिता रहेको सो खेलमा २५० खेलाडीहरु प्रतिस्पर्धामा उत्रेका थिए ।
प्रतियोगिता तिलोत्तमा डोजाङ एकेडमिको प्राङ्गणमा सम्पन्न भएको थियो।
तिलोत्तमा डोजाङ एकेडमिको आयोजनामा भएको प्रतियोगितामा तिलोत्तमाले ५ स्वर्ण मेडल सहित प्रथम भएको छ भने ४ कास्य ५ रजत पदक रहेका छन् ।त्यसै गरि बुटवल तेक्वान्दो डोजाङ दोस्रो भएको छ, जसले ३ स्वर्ण २ कास्य पदक प्राप्त गरेको छ। तेस्रोमा प्रभात तेक्वान्दो डोजाङले ३ स्वर्ण १कास्य पदक प्राप्त गरेका छन् । त्यस्तै गरि अनुशासित टिम गार्गी तेक्वान्दो एकेडेमि भयो भने महिलातर्फ उत्कृष्ट खेलाडी साहीस्टा ठकुरि इडेन स्कुल तेक्वान्दो डोजाङको रहेकि छ्न। त्यसैगरि पुरुषतर्फ उत्कृष्ट खेलाडी भिष्म सुनार प्रभात तेक्वान्दो डोजाङको रहेका छ्न ।
कमेन्ट गर्नुहोस्