
तिलोत्तमा। तिलोत्तमाको करौजियामा जारी स्व. उमा रेश्मी मगर स्मृति सातौं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा आरवाईसी क्लब रानीगंजलाई हराउदै नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार न्यु सृजना कपको क्वाटरफ़ाइनलमा प्रवेश गरेको छ ।करौजिया गुम्बाको सृजना युवाक्लबको खेल मैदानमा भएको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारले आरवाईसी क्लब रानीगंजलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आजको खेलमा म्यान अफ द म्याच जर्सी नम्बर ११ का नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारका खेलाडी सुरज चौधरी भएका थिए। उनले सो उपाधिसंगै लाली चाउचाउ १ प्याकिङ्ग र नगद रुपैया १ हजार प्राप्त गरेका छन्।सो खेलाडीलाई म्यान अफ द म्याच को ट्र्फी ,नगद सहित सम्मान पनि हस्तान्तरण गरिएको थियो। भोली फागुन १७ गतेको खेल झरना स्पोर्ट्स क्लब कुञ्जलापुर भर्सेज योङ्ग स्टार मडाहा बिच दिउँसो ३ बजे न्यु सृजना युवा क्लबको खेल मैदानमा हुने क्लबका वरिष्ठ सल्लाहकार तथा प्रतियोगिताका खेल प्रचारप्रसार प्रमुख धन बहादुर चौधरीले जानकारी गराउनुभयो।
विजेताको पुरस्कार राशी स्व.उमा रेश्मी मगरको स्मृतिमा संचालित सातौ न्यु सृजना कप नक आउट फुटबल प्रतियोगिता २०८१ लाइ सम्पन्न गर्न मुख्य प्रायोजन स्व. उमा रेश्मी मगरका धर्मपति कुल बहादुर रेश्मी तथा उहाको स-परिवार,सह-प्रायोजक तिलोत्तमा नगरपालिका नगर कार्यापालिकाको कार्यालय कुन्जलापुर रुपन्देही , तिलोत्तमा नगरपालिका वडा नं १३ को कार्यालय बिसौरिया रुपन्देही , यसोदा फुडस प्रा. लि. तिलोत्तमा-१५ मधवलिया लगायत स्वदेश तथा बिदेशमा रहेका शुभचिन्तकहरुले सहयोग गरेको प्रचार प्रसार प्रमुख तथा बरिष्ठ सल्लाहकार धन बहादुर चौधरीले बताए। प्रतियोगिताको रोमाञ्चक खेल आएसंगै दर्शकको उपस्थिति तिब्र रुपमा बढेको र अन्य देश बिदेशबाट समेत सहयोगी हातहरु आउने क्रम पनि जारी रहेको उनले बताए ।
कुल १६ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने फागुन २४ गतेका दिन हुने आयोजकले जानकारी दियो ।प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २२ हजार ५ सय रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष दर्लामीले बताए ।
कमेन्ट गर्नुहोस्