लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा ज्योति मगरको शालीन प्रस्तुति, उछ्रङ्खल नहुदा पनि दर्शक झुमे

IMG

तिलोत्तमा। सधै कानेखुसी गर्दै हेर्दै गर्ने दर्शकले आज ज्योति मगरको प्रस्तुति हेरेर कानेखुसी गर्न पाएनन। तिलोत्तमा नगरपालिका डिङ्गरनगरमा भएको कार्यक्रमको करिव दिउसो ४ बजे स्टेज चढेकी ज्योतिलाई हेर्ने दर्शकले पहिलाको ज्योति जस्तो देखेनन्। आ है लरबर...है लरबर......को झन्कारमा पनि दर्शक मज्जाले झुमे तर यदाकदा दर्शकले वाओ ज्योति भनेको पनि सुन्न पाइयो। सधै खुल्ला कपडा र छोटो पहिरन या खुल्ला पहिरनमा देखिने ज्योति मगर यस कार्यक्रममा भने टिप्पिकल गाउँले ठिटीको रुपमा आइन। 


स्रोतका अनुसार बुढापाका र आयोजकलाई सल्लाह दिनेहरुले किन ज्योतिलाई बोलाएको ?भन्न सम्म पनि भ्याए भन्ने गाइगुइ चलेको थ्यो तर आजको ज्योतिको प्रस्तुति हेरेर ति नेगेटिभ कमेन्ट गर्नेले समेत ज्योति त आफ्नै छोरी हेछ भन्ने भान पारे। एक बरिष्ठ सामाजिक व्यक्ति धन बहादुर रानाले भने : ज्योति मगर एक मगरहरुको शान र बिशिष्ठ कलाकार हो , कलाकार भनेको परिवेश अनुसार आफुलाई ढाल्न सक्ने हो , आजको परिवेश पारिवारिक र सामाजिक परिवेश अनि मगर दिवसको परिवेश भएकोले ज्योति लिई हामीले सफल कलाकारको रुपमा सफल परिवेश र सफल प्रस्तुतिमा भेट्यौ, खुसी लागेको छ। 


त्यति मात्रै होइन ज्योतिले करिव १ घण्टा दिएको प्रस्तुतिमा सबै बर्गलाई समेटेर छमछम नचाइन। को बालक,को बृद्ध, को युवा को किशोरी सबैको मनमा बास बासिन ज्योतिले। कार्यक्रम सकेर बाहीरिदै दर्शकले ज्योतिको आजको प्रस्तुतिले उनलाई राम्रो कलाकारको रुपमा चिन्नु पर्ने बताएका थिए। ४३ औ मगर एकता दिवस तथा नेपाल मगर संघ स्थापना दिवसको अवसरमा तिलोत्तमा नगर कमिटिले आयोजना गरेको सो कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वरदेवी चौधरी,संघका केन्द्रिय सहअध्यक्ष दल बहादुर विरकट्टा मगर, नेपाल मगर सँघ तिलोत्तमा नगर अध्यक्ष लिलमाया राना मगर,मगर सँघ लुम्बिनी प्रदेश उपाध्यक्ष अन बहादुर सोति मगर, जिल्ला समन्वय सचिव राधिका श्रीस मगर, अन्तराष्टिय बुद्ध परियति उदय विहार पुर्व केन्द्रिय महासचिव झमबहादुर गुरुगँ, जिल्लाका पुर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार प्रेम बहादुर थापा मगर, १७ वटै वडाका प्रतिनिधी तथा ११ का अध्यक्ष प्रदीप कुमार थापा मगर, सल्लाहकार प्रेम जिएम, शैक्षिक ब्यक्तित्व डीवी थापा, तिलोत्तमा नगर खेलकुद विकाश समितिका सँयोजक लोक पुन लगायत तिलोत्तमा भित्र र आसपासका पालिकाका मगर तथा गैर मगर समुदायको उपस्थिति रहेको थियो।       

कमेन्ट गर्नुहोस्