
तिलोत्तमा । फागुन १५ गते । मगर समुदायको ईतिहास, सभ्यता र पहिचान जोगाउन सम्पुर्ण मगर समुदायहरु एक हुनुको विकल्प नरहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । बक्ताहरुले ४ खम्बे निति अनुरुप ससक्तिकरणको अभियानलाई अगाडी बढाउदै स्वायत्त मगरात प्रदेश स्थापनार्थ हातेमालो आवश्यक रहेको औँल्याएका छन । नेपाल मगर सँघको ४३ औँ स्थापना दिवसका अवसरमा बिहिबार जनज्योति क्लवको खेल मैदानमा आयोजित तिलोत्तमा नगरस्तरीय कार्यक्रममा बोल्दै संघका केन्द्रिय सहअध्यक्ष दल बहादुर विरकट्टा मगरले मगरात सभ्यता सहितको नेपाल निर्माण गर्ने अभियानमा लागीपरेको बताउनुभयो । वहाँले विस २०८१ देखि ९० सम्मको दशकलाई नेपाल मगर सँघले दस्तावेजीकरण दशकका रुपमा मनाउने गरि अघि बढेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका विरकट्टाले तिलोत्तमामा २५ हजारको सँख्यामा मगर भाषीहरुको बसोबास रहेको भन्दै मगर भाषालाई पाठ्यक्रम मै समावेश गर्न वहाँले धनाकर्षण समेत गराउनुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवँ तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाडले मगर सभ्यता जोगाउने गरि तिलोत्तमा नगरपालिकाले विभिन्न योजना बनाई अघि बढ्ने बताउनुभयो । वहाँले बीर मगरहरुको भाष्य लगायतका विभिन्न विषयमा नगरपालिका गँभीर रहेको बताउनुभयो ।
बाईट
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले मगर जातिको वीरता र ऐतिहासिक पक्षलाई अँगीकार गर्दै अघि बढन आग्रह गरे । नेपाल मगर सँघ तिलोत्तमा नगर अध्यक्ष लिलमाया राना मगरको अध्यक्षता रहेको कार्यक्रममा मगर सँघ लुम्बिनी प्रदेश उपाध्यक्ष अन बहादुर सोति मगर, जिल्ला समन्वय सचिव राधिका श्रीस मगर, अन्तराष्टिय बुद्ध परियति उदय विहार पुर्व केन्द्रिय महासचिव झमबहादुर गुरुगँ, जिल्लाका पुर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार प्रेम बहादुर थापा मगर, १७ वटै वडाका प्रतिनिधी तथा ११ का अध्यक्ष प्रदीप कुमार थापा मगर, सल्लाहकार प्रेम जिएम, शैक्षिक ब्यक्तित्व डीवी थापा, तिलोत्तमा नगर खेलकुद विकाश समितिका सँयोजक लोक पुन लगायतले बोल्नुभएको थियो । नगरका वरिष्ठ उपाध्यक्ष कृष्ण सारु मगरको स्वागत रहेको कार्यक्रममा सचिव शान्ति चिदी मगरले कार्यक्रमको सन्चालन गर्नुभएको थियो । कार्यक्रम उद्धघाटन पुर्व विभिन्न क्षेत्रबाट आएका झाँकी तथा र्यालीले तिलोत्तमा नगरका विभिन्न क्षेत्रहरुको परिक्रमा गरेको थियो । साँस्कृतिक कार्यक्रम अन्र्तगत राष्टिय कलाकार ज्योति मगर लगायतले प्रस्तुति दिएका थिए ।
कमेन्ट गर्नुहोस्