
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा-१७ मा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सम्पन्न भएको छ । नेपालमा कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलोपटक हो, तर फुटबलको मैदानमा भने दशरथ रंगशाला काठमान्डूमा जडान भैसकेको छ।
एक्स्ट्राटेक मैदानमा प्रोजेक्ट बेसमा काम भएकोले करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए। लाइट टेस्टिङको काम सुरु भैसकेको र फ्ल्यास र फोकसको काम शुरु भएको उनले बताए ।०८० साल जेठ २९ गते शिलान्यास भएको मैदान ०८० फागुनमै तयार भएको थियो । फागुन २८ मा मैदानको उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम करिव ८० प्रतिशत सम्पन्न भइसकेको र प्याराफिट संगै खेलाडी, आवास, भिआइपि, भिभिआइपी फ्ल्याट समेत अन्तिम चरणमा रहेको निर्देशक कुँवरले बताए । साथै, मैदानमा प्याराफिट लगायत अन्य भौतिक संरचनाका कामहरु यहि बर्ष भित्रै पुराहुने गरि अगाडि बढिरहेको उनले बताए ।
सोहि क्रममा एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम अबलोकन गर्ने र नगरपालिकाले सहयोग गर्ने ठाउँमा आफुहरु प्रतिबद्ध रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए। लुम्बिनी रुपन्देही र त्यसमा पनि तिलोत्तमालाई रोजेर सरकारले गर्नुपर्ने काम निजि स्तरबाट भएकोमा खुसी ब्यक्त गर्दै खेलाडी र खेलप्रेमीहरुको लागि मात्रै नभएर समग्र तिलोत्तमा र स्थानियबासीहरुका लागि पनि यो अर्को खुसी थपिएको उनले बताए। अब राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु समेत आफ्नै आगनीमा हेर्न पाउने सुबिधाको लागि मैदान पुरै तयारी भएकोले नगरपालिकाबाट हुने सम्पूर्ण सहयोग गर्न आफुहरु तत्पर रहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए।अबलोकन गर्न अर्यालसंगै लेखा अधिकृत रमेश बस्याल, योजना प्रमुख प्रदिप बन लगायत रहेका थिए।
त्यसो त प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले पिएम कपको यो संस्करण लुम्बिनी प्रदेशमा आयोजना गर्दै छ।प्रतियोगिता लुम्बिनी प्रदेशका तीन रंगशाला रुपन्देहीका सिद्धार्थ रंगशाला, एक्स्ट्रा टेक ओभल र दाङको लहमी क्रिकेट मैदानमा प्रतियोगिताका खेल हुनेछ।क्यानले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार सिद्धार्थ रंगशालामा सर्वाधिक १७ खेल हुनेछ। फाइनल पनि यही रंगशालामा हुनेछ। यस्तै, निर्माणनिध एक्स्ट्रा टेक ओभलमा १५ र लहमीमा १४ खेल हुनेछ।प्रतियोगिता मार्च ९ देखि २९ सम्म सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ।
प्रतियोगितामा ३ विभागीय र प्रदेशका ७ गरी कुल १० टिम सहभागी हुनेछन्।प्रतियोगिताको उद्घाटन खेल पनि सिद्धार्थ रंगशालामै हुनेछ। जसमा कोशी र लुम्बिनी प्रदेश भीड्ने छन्। सोही दिन एक्स्ट्रा टेकमा बागमती प्रदेश र एपिएफ र लमहीमा कर्णाली प्रदेश र सुदूरपश्चिमबीच खेल हुनेछ।लिग चरणका शीर्ष दुई टिमबीच उपाधि भीडन्त हुनेछ भने शीर्ष चार टिम दुई दिवसीय जय ट्रफीका लागि छनोट हुनेछन्। नेपाल पुलिस क्लब प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन हो।
कमेन्ट गर्नुहोस्