लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जापान गोजुरियो करांते ड़ो मिसन संघको जिल्लास्तरीय प्रतियोगिता सम्पन्न

IMG

तिलोत्तमा,फागुन १०।जापान गोजुरियो करांते ड़ो मिसन संघ नेपालको आयोजनामा एमजीके अन्तर डोजो जिल्लास्तरिय करांते प्रतियोगिता सम्पन्न भएको छ।पुरुष तथा महिला समुहका २० केजी देखि ६२ केजी सम्मका प्रतियोगी बीच भएको सो प्रतियोगिता शनिबार तिलोत्तमाको मंगलापुर केवलानीमा सम्पन्न भएको संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक केबी राना (काजी ) ले बताउनुभयो । 


सो प्रतियोगिताको उदघाटन कार्यक्रममा बोल्दै तिलोत्तमा वडा नम्बर ७ का अध्यक्ष देवी पंगेनीले खेलाडीहरुलाई स्थानीय सरकार र निजी क्षेत्रबाट के गर्न सकिन्छ त्यो गर्न सदैव कटिबद्ध रहेको बताउनु भयो । उहाले खेलाडीहरुले राष्ट्रको परिचय र पहिचानलाई कायम गर्ने गरि अघि बढन समेत आग्रह गर्नु भएको थियो । त्यस्तै संघका प्रमुख सल्लाहकार भरत कुमार के.सी.ले राष्ट्रको लागि खेलकुद ,स्वास्थ्यको लागि खेलकुद मात्र नभई राष्ट्रियताको लागि खेलकुद, संस्कारका लागि खेलकुद भएको बताउनु भयो । प्रतियोगितामा बिजेता तथा उपविजेता बन्ने खेलाडीलाई सम्मान पत्र मेडल तथा ट्रफी दिएर सम्मान गरिएको थियो। सो कार्यक्रमको अध्यक्षता संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक काजी रानाले गर्नु भएको थियो। 

कमेन्ट गर्नुहोस्