
तिलोत्तमा,फागुन १०।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-५ मा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडामा रहेका ८० वर्ष भन्दा माथिका करिव ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । गत वर्षकै निरन्तरता स्वरुप उनीहरुको सम्मानका लागि स्वास्थ्यबर्द्धक सामाग्री दोसल्ला र सम्मान–पत्रसहित सम्मान गरिएको वडाअध्यक्ष रमेश डुम्रेले बताए । सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले परिवारको खुसी भनेकै ज्येष्ठ नागरिक भएकाले सम्पत्तिको लागि भन्दा पनि उनीहरुलाई समयमा हेरचाह र मायाको खाँचो रहेको बताए ।
आफ्ना बुवाआमालाई राम्रोसँग हेरचाह नगरेको कुनै समस्या पालिकाभित्र देखापरेका नगरमा खबर गर्न समेत उनले आग्रह गरे । ठुलाबडाको आशीर्वादले नै साना अघि बढ्न सक्छन्, उनले भने, ‘ज्येष्ठ नागरिकलाई सम्मान गर्न नजान्ने सन्तानले सुख पाउँदैन। संस्कार, रिती जोगाउन समेत ज्येष्ठ नागरिकले सिकाउने भन्दै उनले पालिकाले उनीहरुका लागि विभिन्न कार्यक्रम गर्ने गरेको उनले बताए ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष डुम्रेले जेष्ठ नागरिकलाई सबै घरकाले माया गर्ने हेरचाह गर्ने र समय समयमा औषधी उपचार समेत गराउनु पर्ने बताए। जेष्ठ नागरिकको धैर्यता, अनुसासन, संस्कारलाई आत्मसात गर्दै अघि बढेमा जिबनमा आइपर्ने सानातिना समस्याले जोखिम नहुने समेत वडा अध्यक्ष डुम्रेले बताए। सो अवसरमा निवर्तमान वडा अध्यक्ष चेतनारायण भण्डारी,टोलबिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि ,स्थानिय समाजसेवी, बुद्धिजीवी, जेस्ठ नागरिकका घरपरिवारका सदस्यहरुको उअपस्थिति रहेको थियो। कार्यक्रमको संचालन वडा सचिव हरि खतिवडाले गरेका थिए।
कमेन्ट गर्नुहोस्