लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धार्थ क्लब चपरहट्टिलाई झरनाको भारी गोलको बर्षा : सातौं न्यु सृजना कप फुटबल प्रतियोगिता

IMG

तिलोत्तमा,फागुन ९।तिलोत्तमाको करौजियामा जारी स्व. उमा रेश्मी मगर स्मृति सातौं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा सिद्धार्थ क्लब चपरहट्टिलाई हराउदै झरना स्पोर्ट्स क्लब कुञ्जलापुर न्यु सृजना कपको क्वाटरफ़ाइनलमा प्रवेश गरेको छ ।करौजिया गुम्बाको सृजना युवाक्लबको खेल मैदानमा भएको खेलमा झरना स्पोर्ट्स क्लब कुञ्जलापुरले सिद्धार्थ क्लब चपरहट्टिलाई ८-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । 


आजको खेलमा म्यान अफ द म्याच जर्सी नम्बर ७ का झरनाका रोहित सुनार भएका थिए। उनले ह्याट्रिक गरेका थिए। लाली चाउचाउ १ प्याकिङ्ग र नगद रुपैया १ हजार प्राप्त गरेका छन्।सो खेलाडीलाई म्यान अफ द म्याच को ट्र्फी ,नगद सम्मान न्यु सृजना युवा क्लब का संरक्षक क्याप्टेन नरजंग गुरुङ तथा जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले हस्तान्तरण गर्नु भएको थियो। भोली फागुन १० गतेको खेल समपुर्ण युवा क्लब सुपौली भर्सेज न्यु राइज युथ क्लब बभनी बिच दिउँसो ३ बजे न्यु सृजना युवा क्लबको खेल मैदानमा हुने क्लबका वरिष्ठ सल्लाहकार तथा प्रतियोगिताका खेल प्रचारप्रसार  प्रमुख धन बहादुर चौधरीले जानकारी  गराउनुभयो।


विजेताको पुरस्कार राशी स्व.उमा रेश्मी मगरको स्मृतिमा  संचालित सातौ न्यु सृजना कप नक आउट फुटबल प्रतियोगिता  २०८१ लाइ सम्पन्न गर्न मुख्य प्रायोजन स्व. उमा रेश्मी मगरका धर्मपति कुल बहादुर रेश्मी तथा उहाको स-परिवार,सह-प्रायोजक तिलोत्तमा नगरपालिका नगर कार्यापालिकाको कार्यालय कुन्जलापुर रुपन्देही , तिलोत्तमा नगरपालिका  वडा नं १३ को कार्यालय बिसौरिया रुपन्देही , यसोदा फुडस प्रा. लि. तिलोत्तमा-१५ मधवलिया लगायत स्वदेश तथा बिदेशमा रहेका शुभचिन्तकहरुले सहयोग गरेको प्रचार प्रसार प्रमुख तथा बरिष्ठ सल्लाहकार धन बहादुर चौधरीले बताए। प्रतियोगिताको रोमाञ्चक खेल आएसंगै दर्शकको उपस्थिति तिब्र रुपमा बढेको र अन्य देश बिदेशबाट समेत सहयोगी हातहरु आउने क्रम पनि जारी रहेको उनले बताए ।


कुल १६ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने फागुन २४ गतेका दिन हुने आयोजकले जानकारी दियो ।प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २२ हजार ५ सय रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष दर्लामीले बताए । 





कमेन्ट गर्नुहोस्