
तिलोत्तमा,फागुन ९।तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित वडा स्तरिय पुर्व सैनिक तथा प्रहरी संजालको पुनर्मिलन कार्यक्रम, कानुनी ज्ञान,पुर्व सैनिक कल्याणकारी शिक्षा तथा परिचयात्मक समारोह सम्पन्न भएको छ। संस्थाका अध्यक्ष लोक बहादुर गुरुङ्ग्को अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित भूपू सैनिकका परिवारलाई सम्मान गरिएको थियो।
तिलोत्तमा-६ कुञ्जलापुर स्थित कुञ्जपार्कमा भएको सो कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले भूपू सैनिकले गरेको बिरता र देश भक्ती र राष्ट्रप्रेमको भावना अतुलनिय रहेको बताउनु भएको छ। सैनिकहरुको लगाव मेहनत र अनुशासन अहिलेका युवाहरुले समेत सिक्नु पर्ने भएकोले अनुभव साटासाट गर्न सबै सैनिक रिटायर्डहरुमा आग्रह समेत गर्नुभयो। समाज बिकासको आधार सैनिक र उसको परिवारपनि एक प्रमुख हिस्सा भएको बताउदै नगर प्रमुख खाणले तिलोत्तमाको समग्र बिकासमा सैनिकहरुको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले वडा भिय्त्र रहेका पुर्व सैनिकहरुलाई पुनर्मिलन कार्यक्रम, कानुनी ज्ञान,पुर्व सैनिक कल्याणकारी शिक्षा तथा परिचय गराउन वडाको सिलिङ्ग बजेटमार्फत यो पहिलो जमर्को गरिएको र आगामी दिनमा यसलाई अझै बृहत बनाउदै लैजाने बताउनुभयो। उहाँले समाजमा सैनिक र प्रहरी सेवामा रिटायर्ड परिवारका छोराछोरी लागुपदार्थ दुर्व्यसनी र कुलतमा फसेको भन्ने भास्य सृजना भएकोले त्यस्तो नकारात्मक भास्यलाई सैनिक परिवारले आफुले देखाएको लगाव मेहनत र अनुशासन मार्फत चिर्नुपर्ने बताउनुभयो। सो अवसरमा बोल्दै नगर प्रहरी तिलोत्तमाका इन्चार्ज तथा पुर्व प्रहरी नर प्रसाद श्रेष्ठले सैनिक र प्रहरीको संख्या बढी भएकोले तिलोत्तमामा एकबद्ध हुन आग्रह गर्दै भूपू सैनिक र प्रहरीको राम्रो जमात रहेको र समाज बिकास र युवाहरुको समृद्धिमा ठुलो योगदान पुग्न सक्ने बताउनु भयो।
सैनिक र प्रहरीले समाज बिकासमा राम्रो योगदान गरेको र आगामी दिनमा सबैको सहयोगमा अझै समजपयोगी कार्य गर्ने संस्थाका अध्यक्ष लोक बहादुर गुरुङले बताउनुभएको छ। उहाँले यस्तो कार्यक्रमलाई अझै बिस्तार गर्दै तिलोत्तमा भरिको साझा बनाउने समेत बताउनुभयो। कार्यक्रममा सैनिक परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो भने विभिन्न संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको संचालन पुर्व सैनिक निम प्रसाद श्रेष्ठले गर्नु भएको थियो।
कमेन्ट गर्नुहोस्