
तिलोत्तमा,फागुन ८। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय,राजयोग प्रशिक्षण सेवा केन्द्र तिलोत्तमा भलवारीद्वारा शिवध्वजारोहण तथा ज्येष्ठ नागरिक सम्मान अलौकिक स्नेह मिलन तथा आन्तरिक शान्ति एवं आनन्दमय जीवन र सामाजिक सद्भाव प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी क्षेत्रीय प्रमुख ब्रह्माकुमारी शान्ती दिदिले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा तिलोत्तमा नगरपालिका रुपन्देहीकी उपप्रमुख जागेश्वर देवी चौधरी रहनुभएको थियो।
नव शिवरात्रीको अवसरमा शिवध्वजारोहण तथा ज्येष्ठ नागरिक सम्मान
कार्यक्रमको प्रारम्भ बिहानैदेखि विश्व शान्तिको कामना गर्दै योग साधना गरेर गरिएको थियो। यस क्षेत्रका सबै शाखाहरूले १२ दिवसिय कार्यक्रम गर्ने लक्ष्य अनुरुप तेस्रो दिन भव्यताका साथ् मनाइरहेका छन्। यस सम्बन्धमा विशेष प्रशिक्षण तथा प्रमुख उपस्थित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक “अलौकिक स्नेह मिलन तथा आन्तरिक शान्ति एवं आनन्दमय जीवन” सम्बन्धी विशेष प्रशिक्षण केन्द्रका सचिव भुपेन्द्र अधिकारीले प्रदान गर्नुभएको थियो। सो अवसरमा उपस्थित ५८ जना ज्येस्ठ नागरिक आमा बुवाहरुलाई दोसल्ला, सम्मान पत्र, मालाले सम्मान गरिएको थियो।
त्यस्तै, कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख चौधरीले विश्व शान्तिका लागि संस्थाले गरेको उल्लेखनिय कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगतिको कामना गर्नुभएको थियो।उपप्रमुख चौधरीले बिकास निर्माण र सहयोगको सन्दर्भमा आफुहरु हरदम तयार रहेको समेत बताउनुभयो। त्यस्तै कार्यक्रममा आफ्नो सान्दर्भिक भनाई राख्दै तिलोत्तमा वडा नम्बर-७ का अध्यक्ष देवीलाल पंगेनीले संस्थाको प्रगति , उन्नति र सामाजिक कार्यको शुभकामना दिंदै आफु सदैव संस्थाकै हितका लागि लागिपर्ने र जुनसुकै परिस्थितिमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रमको स्वागत मन्तव्य ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तिलोत्तमा भलवारीका प्रमुख बबिता दिदिले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन परिवार सदस्य के.एन.सागर ज्ञवालीले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्