
तिलोत्तमा,फागुन ८ गते २०८१।साताैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगिता-२०८१ काे आज भएको उद्घाटन खेलमा १ का विरुद्ध ३ गाेल गर्दै याेङ स्टार युवा क्लब मडहा विजयी सुरुवात गरेकाे । याेङ स्टारले नव युवा क्लब टिकुलिगढलाई १ का विरुद्ध ३ गाेल गर्दै विजयी बनेकाे हाे । खेलकाे पहिलाे हाफ दुवै टिम गाेलरहित रहेका थिए भने खेलकाे दाेस्राे हाफमा टिकुलिगढले १ गाेल गरेकाे थियाे । त्यसपछि याेङ स्टारका खेलाडि जर्सी नं ३ अमाेस पुनले खेलकाे १८औं मिनेट , १९ औं र ७५ औं मिनेटमा गोल गर्दै ह्यटरिक गरेका थिए । आजकाे खेलमा याेङ स्टारका अमाेस पुन म्यान अफ द म्याच घाेषित भइ पुरस्कृत भएका छन्। भाेलि हुने दोस्रो खेल सुद्धोधन खेलकुद बिकास समिती शुद्धोधन -४ फर्साटिकर र जनज्याेति युवा क्लब तिलोत्तमा -४ डिङगरनगर विच हुने छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा समाजसेवि, विकास प्रेमि तथा खेलप्रेमि युवा नेता प्रज्जवल बाेहाेराले शुभकामना मन्तव्य राख्दै फुटवल विश्वकै सबैभन्दा लाेकप्रिय क्जेल भएको बताउनु भयाे । जसरी फुटबलका ११ खेलाडिहरु मैदानमा उत्रिदा आ-आफ्नाे जिम्मेवार लाई अनुशासित भएर निभएर जित्न सक्छन् त्यसैगरि हरेक क्षेत्रमा काम गर्ने सबैले नियममा रहि जिम्मेवार भएर काम गर्याे भने देश विकासले फड्को मार्ने बताउनु भयाे । कराैजियाकाे फुटवल खेलमैदानमा रहेकाे हाइटेन्सन लाइनलाइ हटाएर सुरक्षित रुपमा खेल आयाेजना गर्न सकेकाेमा आयाेजक न्यु सिर्जना युवा क्लब परिवारलाइ धन्यवाद समेत दिनु भयाे ।
यसैगरि तिलाेत्तमा नगरपालिका वडा नं-१३ का वडा अध्यक्ष नारायण ढकालले बाेल्दै फुटवल खेल र खेलाडिकाे विकास गरदै व्यवसायिक रुपमा अगाडि बढ्नु पर्ने बताउनु भयाे ।कार्यक्रममा प्रमुख अतिथि तथा समाजसेवि, विकासप्रेमि तथा खेलप्रेमि युवा नेता प्रज्जवल बाेहाेराकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा विशिष्ट अतिथिहरुमा प्रथम पुरस्कारका प्रायाेजक समाजसेवि, वुद्दिजिवि कुल बहादुर रेस्मि मगर तथा सपरिवार, छैठौं संस्करण का प्रथम पुरस्कार प्रयाेजक तथा क्लबका संरक्षक नरजंग गरुङ रहनु भएको थियाे ।
यसैगरि नेपाल विद्युत प्राधिकरण नयांमिल शाखाका प्रमुख रितेश कुमार गुप्ता , चिल्हिया प्रहरी चाैकिका प्रमुख वसन्त सिंह ठाकुर, करौजिया टोल बिकास संस्थाका अध्यक्ष ओम राना लगायतकाे विशिष्ट आतिथ्यता रहेकाे थियोे । आमा समुह, युवा खेलाडि तथा खेलप्रेमि दर्शककाे सहभागिता रहेकाे थियाे । क्लबका अध्यक्ष साेवित थापा दर्लामीकाे अध्यक्षताका भएको कार्यक्रमकाे सन्चालन खेल प्रचार प्रसार संयाेजक धनबहादुर चाैधरीले गर्नु भएको थियोे ।
कमेन्ट गर्नुहोस्