
तिलोत्तमा,फागुन ३। रुपन्देहीको तिलोत्तमा–८ चारनम्बरमा रहेको नवज्योति इङ्गलिस बोर्डिगँ स्कुलको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ति समारोह सम्पन्न भएको छ। रजत जयन्ति कै अवसरमा सताब्यापी विविध कार्यक्रम गरेको विद्यालयले शनिबार मुल समारोहका दिन रैँया चाँदी गीतका गायक, सँगीतकार तथा राष्ट्रिय कलाकार आशिष अविरललाई स्टेजमा उतारेको थियो ।
सयौँको सँख्यामा उपस्थित दर्शकहरुका बीच आशिषले परान—परान, म त फ्यान भए यार, काले केटाले लगायतका विभिन्न सुपरहिट गीत गाएर दर्शकको मन जिते । यसैबीच रजत जयन्ति मुल समारोहमा बोल्ने बक्ताहरुले स्थापनाको २५ औँ बसन्त पार गर्दै गरेको विद्यालयले जीवन उपयोगी,सर्वसुलभ तथा प्रविधिमैत्री शिक्षा प्रदान गरेर आम तिलोत्तमाबासीलाई गुन लगाएको बताएका छन । नवज्योतिले शैक्षिक क्षेत्रमा गरेको प्रगति आर्फैमा उदाहरणीय रहेको भन्दै अहिलेको पुस्तालाई परम्परागत भन्दा पनि आधुनिक र प्रयोगात्मक शिक्षा आवश्यक पर्ने बताएका छन । वक्ताहरुले नवज्योति इङ्गलिस बोर्डिगँ स्कुलले शैक्षिक क्षेत्रमा गरेको प्रगति आर्फैमा उदाहरणीय रहेको भन्दै अहिलेको पुस्तालाई परम्परागत भन्दा पनि आधुनिक र प्रयोगात्मक शिक्षा आवश्यक पर्ने भएकाले उच्चकोटीको शिक्षण विधी अवलम्बन गर्न नवज्योतिलाई सुझाव समेत दिए ।
विद्यालय प्रागँणमा आयोजित रजत जयन्ति समारोहमा बोल्दै लुम्बिनी प्रदेश सभामुख तुलबहादुर घर्ती मगरले नवज्योति तिलोत्तमा कै मात्र नभई लुम्बिनी प्रदेश कै गौरव बोकेको विद्यालय भएको बताए । वहाँले नवज्योतिको गरिमा जोगाईराख्ने गरि नमुना काम गर्न आग्रह गर्दै चरित्र निर्माण र सँस्कारयुक्त शिक्षा प्रदान गर्न विद्यालय परिवारलाई आग्रह गरे ।उनले विद्यालयले पठनपाठनका अलावा अतिरिक्त क्रियाकलापहरुमा अब्बल ढँगले प्रगति गर्दै गएको समाचारले आफुलाई हर्षित तुल्याएको बताए । कार्यक्रममा विद्यालयका अध्यक्ष जेपी कडेलले अध्यक्षको प्रतिबेदन पेश गर्दै उच्च कोटीको शिक्षा प्रदान गर्न विद्यालयले नयाँ नौला र परिणाममुखी अभ्यासहरु गरिरहेको जनाए । विद्यालयका प्रधानाध्यापक टोप बहादुर केसीले विधालयको वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा पुर्व शिक्षक, कर्मचारी, पदाधिकारीसँगै साताब्यापी खेलकुदमा उत्कृष्ट भएका विभिन्न विद्यालय तथा विद्यार्थी र टीम, विद्यालयबाट उच्च अँक ल्याउने विद्यार्थीहरु, समाजसेवी, जनप्रतिनिधी लगायतलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, राजनैतिक विष्लेषक मुमाराम खनाल, विभिन्न विद्यालयका प्रअ तथा शैक्षिक ब्यक्तित्वहरु, विभिन्न टोल विकास समिति तथा सन्जालका अध्यक्ष, आमा समुहका अध्यक्ष तथा प्रतिनिधी, विभिन्न क्लवका अध्यक्ष तथा पदाधिकारी, समाजसेवी, अभिभावक, विद्यालयका अध्यक्ष, प्राचार्य, शिक्षक कर्मचारी लगायतको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुदेखि लिएर स्वयम नवज्योतिका विद्यार्थीहरुले नृत्य, नाटक तथा गीत—सँगीत आदिमा प्रस्तुति दिएका थिए । विद्यालयका शिक्षक तथा रजत जयन्ति मुल समारोह सँयोजक सागर न्यौपानेले सन्चालन गर्नुभएको कार्यक्रममा विभिन्न बयक्ति विशेषले मन्तब्य दिएका दिए ।
संघीय साँसद छबिलाल विश्वकर्माले माघ २७ गते आइतबार उद्घघाटन गरेको रजत महोत्सवको मुल समारोहको पहिलो दिन माघ २७ गते मिनि म्याराथन, माघ २८ र माघ २९ गते रुपन्देही जिल्लास्तरीय भलिबल तथा हाजिरीजवाफ प्रतियोगिता, फागुन १ गते आमा अभिभावक बीच नृत्य प्रतियोगिता, फागुन २ गते रक्तदान सहित पुर्खे बा र स्थानीय कलाकार एवँ विद्यालय मै अध्ययनरत विद्यार्थीहरुलाई स्टेजमा उतारकेो विद्यालयले फागुन ३ गते शनिबार चर्चित राष्ट्रिय गायक तथा सँगीतकार एवँ रैयाँ चाँदीका गायक आशिष अविरललाई विद्यालय मै डाँकेर विविध साँस्कृतिक कार्यक्रम सहित मुल समारोह समापन गरेको हो । २०५६ सालमा स्थापना भएको नवज्योतिमा हाल कक्षा पिजिदेखि १२ सम्म अध्ययन अध्यापन भैरहेको छ भने विद्यालयमा कुल १२ सय बढी विद्यार्थी अध्ययनरत छन ।
कमेन्ट गर्नुहोस्