लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त

IMG

तिलोत्तमा,माघ २६। प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको पाँचौँ पटकमा छाडिएका उनीहरू सबै सर्वसाधारण हुन् । मुक्त भएका एली शराबी, ओहाद बेन अमी र अर लेभी सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको हमलाका बेला बन्धक बनाएर गाजा पुर्‍याइएका थिए ।युद्धविराम सम्झौता अनुसार इजरायलले तीन जनाको बदलामा आजै एक सय ८३ जना प्यालेस्टिनी बन्दीहरूलाई छाड्दैछ ।


गएको जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता गाजाबाट २१ जना बन्धकहरू र इजरायलबाट तीन सय ८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भएका छन् ।अबको तीन हप्तामा सकिने युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा झन्डै ३३ जना बन्धक र एक हजार नौ सय प्यालेस्टिनीहरू छाडिनेछन् । इजरायलले ३३ जना बन्धकमध्ये आठ जनाको ज्यान गएको दाबी गरेको छ । तर हमासले प्रतिक्रिया दिएको छैन ।  

कमेन्ट गर्नुहोस्