लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुरुयोजना पुरा गर्न शृंङ्गेश्वर धाम तिलोत्तमामा महायज्ञ, ज्येष्ठ नागरिकका लागि बिशेष व्यवस्था गरिने

IMG

तिलोत्तमा,माघ २२।शृंङ्गेश्वर धाम एबम ज्येष्ठ नागरिक मिलन केन्द्रको गुरुयोजना पूरा गर्न बिहिबारदेखि तिलोत्तमाको डिङ्गरनगरमा महायज्ञ लगाइने भएको छ ।तिलोत्तमा-४ स्थित मन्दिर वरिपरिको संरचना संगै ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन बनाउन आवश्यक पर्ने आर्थिक सहयोगका निमित्त महायज्ञ गर्न लागिएको अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक यदुनाथ पाण्डेले जनाए।महायज्ञबाट संकलित रकमबाट समितिले जनाएको छ ।


मन्दिरको बृहत् भौतिक संरचना निर्माण गर्न महायज्ञ गर्न ज्येष्ठ नागरिक मिलन केन्द्रको लागि आवश्यक भवन, तिनीहरुका सेवा एबम प्राकृतिक चिकित्सा उपलब्ध गराउन माघ २४ गतेदेखि फागुन २ गतेसम्म सुप्रसिद्ध कथाबचक पुज्य आचार्य श्री ओमप्रकाश सुबेदी प्रमुख बाचकका रुपमा रहने आयोजक मूल समितिका संयोजक पाण्डेले जानकारी दिए ।महायज्ञको अवसरमा बिहिबार बिहान १० बजे धाम र योगिकुटि पौवा होटल अगाडी बाट कलश यात्रा शुरु भई हाइवे परिक्रमा गरि सकिने छ।१८ कठ्ठा क्षेत्रफलमा फैलिएको धाम परिषरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले यहि माघको २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान–विज्ञान श्रृङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रृङ्गारिक महाआरती गर्न लागिएको श्रृङ्गेश्वरधाम एवं महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीले जानकारी गराए ।



महायज्ञ अवधिभर योग एबम ध्यान शिविर, कथा प्रबचन भजन, सामुहिक ब्रतबन्ध, चौरासी पुजा, ग्रह शान्ती, तुलादान , रुद्राभिसेक, बिशेष कर्म समेत गरिने भएको छ भने भगवानको झाँकी प्रदर्शन गर्नुको साथै लाखबत्ती प्रज्ज्वलन तथा रात्रि जागरण समेत गरिने महायज्ञ संरक्षक नारायण प्रसाद पन्थले बताए ।समितिले मंगलबार गरेको पत्रकार सम्मेलनमा महायज्ञ संचालन सप्ताह अवधिभर सो पुनित कार्यमा सहभागी हुन सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ-संस्था र समुदायलाई आयोजकले अनुरोध गरेको छ । सो स्थानमा ५ तले ज्येष्ठ नागरिक मिलन केन्द्रको शिलान्यास अर्थमन्त्री बिष्णु पौडेलले केहिदिन अगाडी गर्नुभएको थियो।गुरुयोजना अनुसार काम पुरा गर्ने क्रममा रहेको धामले हालसम्म ६ करोड बढी सो स्थानमा खर्च गरिसकेको छ ।  

कमेन्ट गर्नुहोस्