
तिलोत्तमा,माघ २०।न्यू राइज युथ क्लब तिलोत्तमा - १३ बभनीको ८ औ अधिबेशनले बिकास भण्डारीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ। संस्थाको साधारण सभाको अवसरमा भएको अधिबेशनले आगामी ४ बर्षे कार्यकालको लागि भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नया समिति गठन गरेको हो। जसको उपाध्यक्षमा कृष्ण खनाल, सचिव बिबेक खड्का,सहसचिव बेल कुमारी सुबेदी, कोषाध्यक्ष अभिषेक खड्का, र सदस्यहरुमा सिमान पुन , सन्दिप थापा मगर, योगराज पाण्डे, जितेन्द्र मल्लाह,यम बहादुर भण्डारी,गङ्गा सुनार लगायतका रहेका छन्।
तिलोत्तमा नगरपालिका वडा नम्बर-१३ का कार्यवाहक वडा अध्यक्ष लिला देवी छन्त्यालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता क्लबका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष चित्र बहादुर भण्डारीले गरेका थिए।साधारण सभा तथा अधिवेशनमा संस्थाका का.व. अध्यक्ष भण्डारीबाट प्रस्तुत गरिएको प्रतिवेदनमा वार्षिक कार्यक्रम तथा आगामी वर्षका योजनाहरुलाई सार्वजनिक गरी अनुमोदन गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि छन्त्यालले समाजमा उल्लेखनिय कार्य गर्दै आएको न्यु राइज युथ क्लबले खेल, समाजका विभिन्न क्रियाकलापमा अग्रसर हुँदै समजपयोगी कार्य गर्दै आएकोमा बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना दिनुभएको थियो। सो साधारण सभामा बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समिती, अध्यक्ष तथा निर्वाचन उप- समिति संयोजक- लिल बहादुर क्षेत्री,संस्थाका सल्लाहकार निर्वाचन उप- समिति सदस्य- रतन भण्डारी,संस्थाका अभिभावक तथा वडा न्यायिक समिति संयोजक निर्वाचन उप- समिति सदस्य- लक्ष्मण भट्टराई, लगायतले बोल्दै संस्थाको हितमा हुने गरि सामाजिक कार्यमा अग्रसर हुन शुभकामना तथा बधाई दिएका थिए।
कार्यक्रममा वडा सदस्यहरू, संस्था संरक्षकहरु, सल्लाहकारहरु, नगर बाल सञ्जाल अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष, आमा समूहका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । संस्थाका सदस्य विवेक खड्काको स्वागत मन्तब्यबाट शुरु बहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण खनालले गरेका थिए।
कमेन्ट गर्नुहोस्