लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ब्राइडल मेकअप तालिमले उत्साहित तिलोत्तमाका ब्युटिसियन

IMG

तिलोत्तमा,माघ १७।महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत तिलोत्तमाका २० जना महिलाहरुका लागि सीपमुलक तालिम स्वरुप एड्भान्स ब्युटिसियन तालिम सम्पन्न भएको छ। खुसी ब्युटी होम तिलोत्तमाको व्यवस्थापनमा ६५ दिने सो तालिममा सहभागी सिप सिकेपछि उत्साहित भएका छन्। तिलोत्तमा नगरपालिकाले यस अघि बेसिक तालिम लिएका २० जना महिलाहरुका लागि सीपमा आधारित आयमुलक ब्राइडल सम्बन्धी तालिम निशुल्क सिक्न पाएपछि महिलाहरु निकै उत्साहित भएका छन् ।


तिलोत्तमा-२ कि प्रिति बिकले एड्भान्स ब्युटिसियन सम्बन्धि तालिम लिएर व्यवसायी उद्धमी बन्ने अवसरलाई सही रुपमा उपयोग गर्ने बताउनुभयो।त्यस्तै तिलोत्तमा-५ तिला भण्डारी बस्यालले आफुलाई दक्ष बनाएर सीपलाई प्रयोग राना सकिने बनाएकोमा तिलोत्तमा अनागरपालिकाको उपप्रमुख कार्यक्रमलाई धन्यबाद दिनुभएको छ। कार्यक्रममा सहभागी भएर तिलोत्तमा-१ की नमकला खनालले सिप सिकेर त्यसको उपयोग गरेमात्रै सबै महिला आत्मनिर्भर हुन सकिने बताउनुभएको छ। तालिममा सहभागी भएर बेसिक कोर्ष गरिसक्नुभएकी प्रशिक्षार्थी निरु थारुले आफुहरुलाई नगरपालिकाले दिएको सिपले आयआर्जनसंग जोडिन मद्धत गरेको बताउनुभएको छ। तालिममा खगिसरा सुबेदीले नगरपालिकाले समग्र महिलाको आत्मनिर्भरताको लागि दिएको यो तालिमले आफुलाई थप उत्साहित बनाएको बताउनुभएको छ। 


सामाजिक शाखा की बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेको संयोजनमा शुरु भएको सो तालिममा खुसी ब्युटी होमकी संचालक अञ्जना केसीले प्रशिक्षण दिनुभएको हो। ६५ दिने तालिमको हाल प्रयोगात्मक कक्षाहरु निरन्तर चल्ने र बिहिबार पछि कार्यक्रम सम्पन्न गरिने भएको छ।सो अवसरमा बोल्दै संयोजक घिमिरेले साना तथा लघु उद्यममार्फत स्थानीय स्तरबाट पनि समृद्धि हासिल गर्न सकिन्छ भनेर नगरले अघि सारेको सीपमा आधारित तालिम लिएकाहरुले व्यवहारमा उतार्न र व्यवसायिक बन्न आवश्यक रहेको बताउनुभयो।


सो अवसरमा बोल्दै प्रशिक्षक अञ्जना केसीले नगरबासि महिलाको समृद्धिका लागि ल्याएका कार्यक्रम प्रभावकारी बनाउन सबैले भुमिका खेल्न आवश्यक रहेको उहाँको भनाई थियो । हातमा सिप भएर मानिसले कहिले पनि धोका नपाउने भन्दै ब्युटिसियन तालिम लिएर आत्मनिर्भर बन्न उहाँले प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।नगर उपप्रमुख संग महिला कार्यक्रमअन्तर्गत हरेक महिलाको व्यक्तित्व र नेतृत्व विकासमा सक्षम बन्न सकुन् भनेर सीपमा आधारित तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने प्रयास गरिएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले बताउनुभएको छ। सहभागीले तालिम लिएर भोलिका दिनमा यसलाई आयआर्जनको माध्यम बनाउन सके मात्रै यस तालिमको औचित्य पुराहुने उपप्रमुख चौधरीको भनाई छ। 


आयआर्जनमा आधारित सीप मुलक तालिममा पछिल्लो समय पुरुषभन्दा महिलाको उपस्थिती राम्रो छ । ब्युटिपार्लरको बजार माग पनि राम्रो छ ।ब्युटिपार्लर कलालाई राम्रो फिनिसिङ दिन सक्ने हो भने घरमै बसेर पनि महिनामा मनग्य कमाई गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्