लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका महिलाहरुलाई ब्याग बनाउने एडभान्स तालिम सम्पन्न

IMG

तिलोत्तमा,माघ १४।तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत १५ दिने ब्याग बनाउने तालिम सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाका उपप्रमुख मार्फत महिलाहरुलाई स्वरोजगार बनाउन तथा उद्धमी बनि व्यवसाय संचालन गर्न सो तालिमको आयोजना गरिएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो। 


उहाँले नगरपालिका भित्रका सबै वार्डहरुको प्रतिनिधित्व हुने गरि आयमुलक तथा सिपमुलक तालिमलाई आफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै महिलाहरुको समग्र बिकास र सिपमुलक तालिमका कार्यक्रमको बिकास नै नगरपालिकाको पहिलो प्राथमिकता रहेको बताउनु भएको हो ।तिलोत्तमा नगरपालिकाले आयोजना गरेको १५ दिने लेडिज तथा जेन्स ब्याग तथा पर्स, ट्राभल ब्याग र टिफिन ब्याग बुनाई तालिममा समापन समारोहमा बोल्दै नगर उपप्रमुख चौधरीले घरै चुलोचौकोमा मात्र सिमित नरही इलम संग जोडिनु पर्ने बताउनु भएको हो । उहाले नगरपालिका सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्दै बिकाश निर्माणका कामहरु अनुगमन गरेर सकरात्मक सुझाब सल्लाह दिन आग्रह समेत गर्नु भयो  । 


सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले अबको बाटो भनेको सिप र दक्षता अनि योग्यताको युग भएकोले सिप बिना कोही पनि अघि नबढ्ने भएकोले सिपमुलक तालिम आत्मनिर्भर भएको बताउदै आयआर्जनको मेरुदण्ड सिपमुलक सिकाई भएको बताउनु भयो ।त्यस्तै वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले मुलुकमा अब सबै खाले आर्थिक सामाजिक र मानबिय बिकासका लागि महिलाहरु एकबद्ध भै तालिम बाट सिकेको सीपलाई ब्यबहारमा उतार्नु पर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा आफ्नो बिचार प्रस्तुत गर्दै कार्यपालिका सदस्य तारा सुनारले उहाले  महिलाहरुलाई आत्मानिर्भर बनाउन र जिबिको पार्जन हुने खालका तालिमलाई नगरपालिकाले पहिलो प्राथमिकता दिएकोले तालिम लिएपछि खाली नबस्न आग्रह गर्नुभयो।


सो तालिमको प्रशिक्षण फेशन डिजाइनिङ्ग इन्स्टिच्युटका मुना राना लक्ष्मी बुढाथोकीले दिनुभएको हो। समापन कार्यक्रममा बोल्दै प्रशिक्षक मुना रानाले तालिममा सिकेका कुरा ब्यबहारमा लागु गर्ने र सानो भएपनि ब्यबसाय संचालन गरेमात्र तालिमको सार्थकता हुने बताउनुभयो।नगरभित्रका बेसिक कोर्स गरिसकेका २५ जना सहभागीले एडभान्स तालिम लिएको कार्यक्रमको संचालन सामाजिक बिकास शाखाकी बरिष्ठ सामाजिक परिचालिका अल्पा घिमिरेले गर्नुभएको थियो।  

कमेन्ट गर्नुहोस्